भर्खरै प्रकाशित: बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग

कालिनाग युवा क्लबको अध्यक्षमा सैलेशबाबु आचार्य

9 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

कालिनाग युवा क्लव सुनखानी दोलखाको अध्यक्षमा सैलेशबाबु आचार्य सर्वसहमत चयन हुनुभएको छ । कालिन्चोक गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष सूर्यबहादुर आचार्यको अध्यक्षतामा कालिनाग मन्दिर परिसरमा बसेको विशेष भेलाले क्लवको कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा आलोक शिवाकोटी,सचिव सजु शिवाकोटी,सहसचिव सहिष्णु शर्मा र कोषाध्यक्षमा मन्दिता शिवाकोटी चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा गौरव शिवाकोटी,रामकृष्ण शिवाकोटी,प्रकाश पकुवाल,सुन्दर श्रेष्ठ,दुर्गा मुग्राती र कलावती पाठक रहनुभएको छ ।
विनाशकारी भुकम्पपछि निस्क्रिय रहेको संस्थालाई पुनरजीवन दिएर सुनखानीको सामाजिक साँस्कृतिक,शिक्षा,स्वास्थ्य,खेलकुद र मनोरञ्जनका क्षेत्रको विकाससंगै वडाको थप सम्मृद्धि ल्याउन युवाक्लबको भूमिका विशेष रहने वडाध्यक्ष आचार्यको भनाई छ ।
कालिनाग माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक समेत रहनुभएका सामाजिक अभियन्ता मकुन्दराज शिवाकोटीको अगुवाईमा वि.स.२०५० सालमा स्थापना भएको उक्त क्लबले कला,साहित्य,संस्कृति,सामाजिक सेवाको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएको पूर्व अध्यक्ष मोहन पाठकको भनाई छ । उहाँका अनुसार सुनखानीको सामाजिक,साँस्कृति,शैक्षिक जागरणमा युवाक्लवको भूमिका उल्लेखनीय रहेको छ ।

भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददाता

  नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

.