मिराको उपचारका लागि गौरीशङ्कर क्याम्पसको सहयोग अभियान
5 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा सुनखानी सित्काकी मिरा खुलालको उपचारको लागि गौरीशङ्कर बहुमुखी क्याम्पस दोलखाले सहयोग अभियान शुरु गरेको छ ।
क्याम्पसमा विए तेस्रो वर्षमा अध्यययरत विद्यार्थीसमेत रहनुभएकी कालिञ्चोक ७ सित्का निवासी खुलालको उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग सङ्कलन अभियान शुरु गरेको क्याम्पसले जनाएको छ ।
क्याम्पस सञ्चालक,प्राध्यापक,प्राध्यापक संघ,विद्यार्थी गुणस्तर सर्कल,पूर्व विद्यार्थी तथा विद्यार्थीहरुबीच सहयोगको आव्हान गरिएको क्याम्पस प्रमुख शान्त केसीले बताउनु भयो ।
३० वर्षकी खुलालको दुबै मृगौला फेल हुनुको साथै कलेजोमासमेत समस्या भएपछि उपचारमा सहयोग पुगोस भन्ने उद्देश्यले सहयोग सङ्कलन गरिएको हो ।
खुलालको लागि उहाँका बुबाको मृगौला र भाइको कलेजो प्रत्यारोपणका लागि सबै परीक्षण पुरा भएको र आजदेखि प्रत्यारोपणको प्रक्रिया शुरु हुने खुलालकी दिदी जमुना खुलालले बताउनुभयो । दिदी खुलालका अनुसार उपचारका लागि ५० लाखभन्दा बढी खर्च हुने छ । खर्च अभावमा उपचारमा बाधा नपुगोस भन्ने उद्देश्यले अहिले विभिन्न व्यक्ति तथा संघ संस्थाले आर्थिक सहयोग अभियान सञ्चालन गरिरहेका छन् ।
भीमेश्वर मन्दिरमा भोलि क्षमा पूजा गरिँदै
समदृष्टि अनलाइन संवाददातादोलखाको भीमेश्वर शिलामा पसिना आएपछि भोलि क्षमापुजा गरिने भएको छ । प्रसिद्ध दोलखा भीमेश्वरको शिलामा एक हप्ताको अवधिमानै...
असारे लोक संस्कृति
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी वर्षभरका बाह्र महिनामध्ये असार एक महत्वपूर्ण महिनाका रुपमा लिइन्छ । अझ कृषि र कृषकका लागि यो विशेष...
चरिकोटमा साङ्गीतिक गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददातादोलखा सदरमुकाम चरिकोटमा साङ्गीतिक गजल साँझको आयोजना हुने भएको छ । बृहत दोलखा महोत्सवको अवसर पारेर दोलखा उद्योग...
स्रष्टा सुशिला शर्माको तेस्रो कृति ‘भुमरी’ विमोचन
समदृष्टि अनलाइन संवाददातासाहित्यकार सुशिला शर्मा न्यौपानेको तेस्रो पुस्तक भुमरी उपन्यास शनिवार विमोचन गरिएको छ । भानु विद्यापति साहित्य प्रतिष्ठानको संयोजनमा सदरमुकाम...
दोलखामा शनिबार गजल साँझ हुने
समदृष्टि अनलाइन संवाददाताभानु विद्यापति साहित्य प्रतिष्ठान दोलखाको गजल साँझ कार्यक्रमको आयोजना गर्ने भएको छ । भोलि बेलुका ४ बजेदेखि बेलुका ७...
सहस्र धारासहित स्वस्थानी ब्रत समापन
समदृष्टि अनलाइन संवाददाताऐतिहासिक दोलखा बजारमा सहस्रधारासहित श्री स्वस्थानी व्रतकथा विधिपूर्वक सम्पन्न गरिएको छ । व्रत समापनको दिन ऐतिहासिक दोलखा बजारमा सहस्र...