भीमेश्वर नगरपालिकाको सन्तान वृद्धि कार्यक्रम
9 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा ।
भीमेश्वर नगरपालिका दोलखाले सन्तान वृद्धिका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरको आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रममा सन्तान वृद्धिलाई समावेश गरेको हो ।
नगरपालिकाको पाँचौ नगरसभामा उपप्रमुख कमला बस्नेतले नगरमा जनसङ्ख्याको दर घट्दै गएको भन्दै आगामी आर्थिक वर्षदेखि तेस्रो सन्तान भीमेश्वरको वरदान उज्यालो भविष्य कार्यक्रम ल्याउने नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रम लागू भएपछि भीमेश्वर नगरबासीले तेस्रो सन्तान जन्माएवापत १० हजार रुपैँया प्राप्त गर्ने उल्लेख गरिएको छ । पछिल्लो समय जन्मदर घट्दै गएका कारण सामूदायिक विद्यालयमा समेत विद्यार्थीको दर कम भएपछि जनसङ्ख्या बृद्धिका लागि यस्तो कार्यक्रम ल्याउन लागेको उपप्रमुख बस्नेतको भनाइ छ ।
भीमेश्वर नगरपालिकाले आगामी वर्षको लागि रोजगारी र्सिजना सहित आर्थिक वृद्धिको लागि पहिलो प्राथमिकता राख्दै बजेट विनियोजन गरेको छ । यस्तै पर्यटन, कृषि, उर्जा, सुचना प्रविधि तथा पुर्वाधार निमार्ण, शिक्षा, स्वास्थ्य लगायत सामाजिक विकास, समावेशिता र सामाजिक क्षेत्रको विकाससहित शुसासन प्रबद्र्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार गर्ने गरी बजेट विनियोजन गरेको उपप्रमुख बस्नेतले बताउनु भयो ।
भीमेश्वर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि ८८ करोड बढीको बजेट नगर सभामा प्रस्तुत गरेको छ । बजेटमा चालु तर्फ ५१ करोड ७४ लाख ७९ हजार अर्थात ५८ दशमलब ७४ प्रतिशत रकम विनियोजन गरिएको छ । यस्तै पुँजीगत तर्फ ३६ करोड ५ लाख ५ हजार अर्थात ४० दशमलब ९१ प्रतिशत रहेको छ
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...