भर्खरै प्रकाशित: दोलखाका छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान आँशुको कथा वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन

परम्परागत सिपको संरक्षण गर्दै विगुका महिला

7 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

परम्परागत पेसाको रूपमा रहेको लम्पट बुन्ने तान करिब ४ दशक अगाडिसम्म लामाबगरका सबैका घर घरमा पाइन्थ्यो । पछिल्लो समय लम्पट बुन्ने सिप पनि हराउँदै गयो । तान पनि लोप भयो । परम्परागत सिप र पुख्र्यौली पेसा सङ्कटमा परेका बेला सिप संरक्षणसंगै महिलालाई आत्मनिर्भर बनाउन विगु गाउँपालिका दोलखाले अभियान शुरु गरेको छ ।
आजभोलि परम्परागत सिप संरक्षणमा दोलखा विगुका महिला जुटेका छन् । परम्परागत सिप जोगाउने र महिलालाई उद्यमी बनाउने उद्देश्यले अहिले विगु १ लामाबगरका महिलाहरु लम्पट बुन्ने तालिम सिक्न उत्साहित भएका हुन् ।
असारको पहिलो साताबाट गाउँमा पहिलो चोटी लम्पट बनाउने तालिम शुरु भएपछि विगु लामाबगरका स्थानीय ४५ जना महिलाहरु तालिमममा सहभागी भएका छन् ।


सिपसंगै महिलालाई आत्मनिर्भर बनाउन सहयोग मात्र नगरेर परम्परागत पेसालाई जोगाउन समेत तालिम प्रभावकारी हुने विगु लामावगरकी नामडोमा शेर्पाले बताउनुभयो । ‘बुबाको पालासम्म सबैको घरमा तान बुन्ने चलन कायम थियो,’ उहाँले भन्नुभयो, ‘म १५ हुँदा पनि लामाबगरका घरघरमा तान थिए, अहिले यो चलन हराउँदै गयो ।’ घरमा खाली समयमा आफूले कहिलेकाँही लम्पट बुन्दै आएको कारण आज अरुलाई सिकाउन सक्ने भएकी छु । मजस्ता अरु २ महिलाले पनि सिकाउँछन । आफ्नो बाउबाजेले गरेको पेसा जोगाउन पनि फुर्सदको समयमा तान बुन्ने गरेको उनको भनाइ छ ।


तानलाई शेर्पा भाषामा छक्की र तिव्वतीयन भाषामा सिजा भन्ने गरेको पनि उहाँले बताउनुभयो ।
अहिलेको तानबाट लम्पट र किटिल दुबै बुन्न सकिन्छ । पहिला गाउँमै पनि भेडा पाल्ने चलन थियो । तिब्बतबाट पनि ऊन ल्याएर गलैँचा बुन्ने चलन थियो । पहिला पहिला काठमाण्डौबाट रङ ल्याएर ऊनलाई रङ्याउने चलन थियो । अहिले त रङ्ीन धागो नै बजारमा पाइने शेर्पाको भनााइ छ ।
गलैँचा बुन्ने पेसामा महिलालाई आकर्षण गर्न स्थानीय सरकारले गरेको सहयोगले महिला निक्कै खुसी छन् । मेहनत गरेर गलैचा बुन्ने हो भने कसैले विदेश जानु नपर्ने उहाँको भनाई छ । तालिम सहजकर्ता शेर्पाका अनुसार एउटा सामान्य लम्पट तयार गर्न सिपालुलाई ५ दिन लाग्छ,बजारको समस्या हुँदैन । दत्तचित्त भएर काम गर्ने हो भने विदेश भौतारिनु पर्दैन ।
लामाबगरमा उत्पादित लम्पट पहिला निक्कै प्रख्यात थियो । अब पनि महिलाहरु विश्वासका साथ लागेका कारण उद्यमको विकास हुने उहाँको विश्वास छ ।
विगु गाउँपालिकाको लामाबगरमा मात्र नभएर ३ स्थानमा लम्पट बुन्ने तालिम सञ्चालन गरिएको ्गाउँपालिका उपाध्यक्ष देविका थामीको भनाइ छ । लोप हुन लागेको परम्परागत सीपको जगेर्ना गर्दै महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रम अन्तरगत विगुका सबै वडामा स्थानीय परम्परागत सिप संरक्षण र आत्मनिर्भरका कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ ।
विगु गाउँपालिका उपाध्यक्ष थामीका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा महिला उद्यमशीलता अन्तरगत ८० लाख बजेट विनियोजन गरेर अभियान सञ्चालन गरेको छ । विगुको वडा नं १ मा परम्परागत लम्पट, वडा नं २ मा कालो वेसार खेती,३ मा स्थानीय जडिबुटीबाट बाटेको धुप उत्पादन,वडा नं ४ मा हाते होजियारी,वडा नं ५ मा साबुन बनाउने,६ मा भाङ्ग्रा बनाउने र वडा नं ७ मा ड्र«««ाइभिङ तालिम र वडा नं ८ मा स्थानीय खानेकुरा प्याकिङ र निर्यातको कार्यक्रम सञ्चालन भइसकेको छ ।
पराम्परागत सिपको संरक्षणसंगै महिला उद्यमशीलताका कार्यक्रमलाई यो वर्षको नीति कार्यक्रमले पनि निरन्तरता दिएको उहाँको भनाइ छ ।

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददाता

नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...

विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाता

  विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाता

  भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...

देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददाता

पुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...

पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाता

  चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...

.