परम्परागत सिपको संरक्षण गर्दै विगुका महिला
10 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
परम्परागत पेसाको रूपमा रहेको लम्पट बुन्ने तान करिब ४ दशक अगाडिसम्म लामाबगरका सबैका घर घरमा पाइन्थ्यो । पछिल्लो समय लम्पट बुन्ने सिप पनि हराउँदै गयो । तान पनि लोप भयो । परम्परागत सिप र पुख्र्यौली पेसा सङ्कटमा परेका बेला सिप संरक्षणसंगै महिलालाई आत्मनिर्भर बनाउन विगु गाउँपालिका दोलखाले अभियान शुरु गरेको छ ।
आजभोलि परम्परागत सिप संरक्षणमा दोलखा विगुका महिला जुटेका छन् । परम्परागत सिप जोगाउने र महिलालाई उद्यमी बनाउने उद्देश्यले अहिले विगु १ लामाबगरका महिलाहरु लम्पट बुन्ने तालिम सिक्न उत्साहित भएका हुन् ।
असारको पहिलो साताबाट गाउँमा पहिलो चोटी लम्पट बनाउने तालिम शुरु भएपछि विगु लामाबगरका स्थानीय ४५ जना महिलाहरु तालिमममा सहभागी भएका छन् ।
सिपसंगै महिलालाई आत्मनिर्भर बनाउन सहयोग मात्र नगरेर परम्परागत पेसालाई जोगाउन समेत तालिम प्रभावकारी हुने विगु लामावगरकी नामडोमा शेर्पाले बताउनुभयो । ‘बुबाको पालासम्म सबैको घरमा तान बुन्ने चलन कायम थियो,’ उहाँले भन्नुभयो, ‘म १५ हुँदा पनि लामाबगरका घरघरमा तान थिए, अहिले यो चलन हराउँदै गयो ।’ घरमा खाली समयमा आफूले कहिलेकाँही लम्पट बुन्दै आएको कारण आज अरुलाई सिकाउन सक्ने भएकी छु । मजस्ता अरु २ महिलाले पनि सिकाउँछन । आफ्नो बाउबाजेले गरेको पेसा जोगाउन पनि फुर्सदको समयमा तान बुन्ने गरेको उनको भनाइ छ ।
तानलाई शेर्पा भाषामा छक्की र तिव्वतीयन भाषामा सिजा भन्ने गरेको पनि उहाँले बताउनुभयो ।
अहिलेको तानबाट लम्पट र किटिल दुबै बुन्न सकिन्छ । पहिला गाउँमै पनि भेडा पाल्ने चलन थियो । तिब्बतबाट पनि ऊन ल्याएर गलैँचा बुन्ने चलन थियो । पहिला पहिला काठमाण्डौबाट रङ ल्याएर ऊनलाई रङ्याउने चलन थियो । अहिले त रङ्ीन धागो नै बजारमा पाइने शेर्पाको भनााइ छ ।
गलैँचा बुन्ने पेसामा महिलालाई आकर्षण गर्न स्थानीय सरकारले गरेको सहयोगले महिला निक्कै खुसी छन् । मेहनत गरेर गलैचा बुन्ने हो भने कसैले विदेश जानु नपर्ने उहाँको भनाई छ । तालिम सहजकर्ता शेर्पाका अनुसार एउटा सामान्य लम्पट तयार गर्न सिपालुलाई ५ दिन लाग्छ,बजारको समस्या हुँदैन । दत्तचित्त भएर काम गर्ने हो भने विदेश भौतारिनु पर्दैन ।
लामाबगरमा उत्पादित लम्पट पहिला निक्कै प्रख्यात थियो । अब पनि महिलाहरु विश्वासका साथ लागेका कारण उद्यमको विकास हुने उहाँको विश्वास छ ।
विगु गाउँपालिकाको लामाबगरमा मात्र नभएर ३ स्थानमा लम्पट बुन्ने तालिम सञ्चालन गरिएको ्गाउँपालिका उपाध्यक्ष देविका थामीको भनाइ छ । लोप हुन लागेको परम्परागत सीपको जगेर्ना गर्दै महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रम अन्तरगत विगुका सबै वडामा स्थानीय परम्परागत सिप संरक्षण र आत्मनिर्भरका कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाई छ ।
विगु गाउँपालिका उपाध्यक्ष थामीका अनुसार आर्थिक वर्ष २०८०÷८१ मा महिला उद्यमशीलता अन्तरगत ८० लाख बजेट विनियोजन गरेर अभियान सञ्चालन गरेको छ । विगुको वडा नं १ मा परम्परागत लम्पट, वडा नं २ मा कालो वेसार खेती,३ मा स्थानीय जडिबुटीबाट बाटेको धुप उत्पादन,वडा नं ४ मा हाते होजियारी,वडा नं ५ मा साबुन बनाउने,६ मा भाङ्ग्रा बनाउने र वडा नं ७ मा ड्र«««ाइभिङ तालिम र वडा नं ८ मा स्थानीय खानेकुरा प्याकिङ र निर्यातको कार्यक्रम सञ्चालन भइसकेको छ ।
पराम्परागत सिपको संरक्षणसंगै महिला उद्यमशीलताका कार्यक्रमलाई यो वर्षको नीति कार्यक्रमले पनि निरन्तरता दिएको उहाँको भनाइ छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...