गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
8 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । क्याम्पसका प्राध्यापक तथा विद्याथीले मन्त्री काफ्लेलाई क्याम्पस परिसरमा स्वागत गर्दै शुभकामना कार्यक्रमको आयोजना गरेका हुन् ।
क्याम्पसले आयोजना गरेको बधाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री काफ्लेले नीति बनाएर काम गर्ने उद्घोष गर्नुभयो । उहाँले परिवर्तनको अनुभूति हुने गरी काम गर्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री काफ्लेले वागमती प्रदेश सरकारले हिमाली जिल्लाकै अग्रणी क्याम्पस गौरीशङ्कर क्याम्पसको मागलाई सम्बोधन गर्ने समेत प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख शान्त केसीले क्याम्पसको शैक्षिक,भौतिक,प्रशासनिक र समग्र अवस्थाका विषयमा मन्त्री काफ्लेको ध्यानाकर्षण गराउनुभएको थियो । सोमबार विहान क्याम्पसमा पुग्नु भएका मन्त्री काफ्लेलाई स्वागत गर्दै क्याम्पस परिवारले कार्यकाल पूर्ण सफलताको लागि शुभकामना दिएका थिए ।
आइतबार जिल्ला आइपुग्नुभएका मन्त्री काफ्लेलाई नेपाली काँग्रेस दोलखाले स्वागत कार्यक्रमको आयोजना गरेको थियो भने आइतबार नै जिल्ला कार्यालय प्रमुखहरू सँगको छलफल तथा भेटघाट गर्नुभएको थियो ।
गौरीशङ्कर बहुमुखी क्याम्पसमा स्वागत तथा बधाइ कार्यक्रम पछि तामाकोशी,वैत्यश्वर हुँदै मन्त्री काफ्ले जिरी पुग्नुभएको जानकारी प्राप्त भएको छ । मन्त्री नियुक्त हुनुभएपछि पहिलो पटक गृह जिल्ला दोलखा आइपुग्नुभएका काफ्लेलाई स्थानीयहरूले बाजागाजा सहित भव्य स्वागत गरेका थिए ।
२०५१ सालमा कांग्रेसका स्वर्गीय नेता भीमबहादुर तामाङ कानुनमन्त्री भएपछि दोलखाबाट प्रतिनिधित्व गर्ने दोस्रो मन्त्री काफ्ले बन्नुभएको छ । विद्यार्थी राजनीतिबाट खारिएका काफ्ले नेपाल विद्यार्थी संघको महामन्त्री हुँदै १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । २०७९ को निर्वाचनमा दोलखा प्रदेश सभा क बाट काफ्ले निर्वाचित हुनुभएको थियो ।
राउत गाउँको रायोको साग
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...