शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
6 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । राष्ट्रिय तह र स्थानीय तहले पुरा गर्नुपर्ने दुई प्रकृतिका माग राख्दै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि लगानी बृद्धि गर्न र पेसागत हितका विषयमा केन्द्र सरकार र स्थानीय सरकारलाई जिम्मेवार बनाउन ध्यानाकर्षण गराएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केन्द्रीय उपाध्यक्ष एवम वागमती प्रदेश इन्चार्ज शङ्करलाल श्रेष्ठले बताउनुभयो ।
ज्ञापन पत्रमा राजनीतिक अधिकार समेतको ट्रेड युनियन अधिकार सुनिश्चित गर्न जोडदार माग गर्दछौँ भनिएको छ । यसैगरी सङ्घीय शिक्षा ऐन यथासिघ्र जारी गर्नुपर्ने, शिक्षक अस्पतालको प्रबन्ध गर्नुपर्ने, माध्यमिक तहसम्मको शिक्षा पूर्ण निशुल्क,निवृत्तिभरण बन्चित शिक्षकहरूलाई निवृत्तिभरणको व्यवस्था, शिक्षक र नेपाल सरकारका सेना, प्रहरी र कर्मचारी बिच भएको ग्रेड तथा तलबमान विभेदीकरण अन्त्य गर्नुपर्ने र प्रधानाध्यापकको भत्तालाई समय सापेक्ष वनाइनुपर्ने लगायतका राष्ट्रिय माग रहेको ज्ञापनपत्र नेपाल राष्ट्रिय शिक्षक सङ्गठन केन्द्रीय उपाध्यक्ष एवम वागमती प्रदेश इन्चार्ज शङ्करलाल श्रेष्ठले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशकसेन ढकाललाई बुझाउनुभएको हो ।
स्थानीय तहलेसमेत शिक्षा क्षेत्रलाई गम्भीर रुपमा नलिएकोले जिम्मेवार बनाउन ध्यानाकर्षण गराइएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले ज्ञापन पत्रमा उल्लेख गरेको छ । शिक्षकको बढुवा पारदर्शी र न्यायोचित हुनेपर्ने,दिवा खाजा कार्यक्रमको रकम समय सान्दर्भिक बनाइनुपर्ने र शिक्षक, विद्यार्थी, अभिभावक प्रोत्साहन हुने कार्यक्रम ल्याउनुपर्नेसहित भीमेश्वर नगरपालिकालाई बुझाइएको हो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिको अभियान अन्तरगत आज दोलखाका सबै स्थानीय तहमा ज्ञापन पत्र बुझाएको नेपाल राष्ट्रिय शिक्षक संगठन दोलखाले जनाएको छ । कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखा जिल्ला समिति र नगरसमितिका पदाधिकारीहरुलेका उपस्थिति रहेको थियो ।
राष्ट्रिय र स्थानीय तहले सापेक्ष शिक्षा नीतिमा सुधार नगरे वा माग पूरा नभए थप कमद चाल्न वाध्य हुने नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले जनाएको छ ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...