स्थापना दिवसको अवसरमा परोपकार सहकारीको रक्तदान कार्यक्रम
7 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
परोपकार महिला बचत तथा ऋण सहकारी संस्थाको १४ औं स्थापना दिवसको अवसरमा सदरमुकाम चरिकोटमा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाको प्राविधिक सहयोगमा आज सदरमुकाम चरिकोटको सातदोबाटोमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
वागमती प्रोस्कुनका महासचिव जीवसराज खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेको संस्थाकी अध्यक्ष शर्मिला सापकोटाले बताउनुभयो ।
रक्तदान कार्यक्रममा वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जीवसराज खड्का, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवी प्रसाद शर्मा र भीमेश्वर नगरपालिकाका वरिष्ठ सामाजिक विकास अधिकृत नारायण प्रसाद सेढाईले रक्तदाताहरुलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुरुवात गर्नुभएको सहकारीले जनाएको छ । कार्यक्रममा जिल्ला बचत संघ दोलखाका उपाध्यक्ष जगतप्रसाद सुवेदी, नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाका सभापति ईश्वरीप्रसाद दहाल,संयोजक गोकर्ण प्रसाद पोखरेल,नेपाल पत्रकार महासंघका अध्यक्ष दीपशंकर चौलागाई,कालिञ्चोक एफ.एमका स्टेशन मेनेजर जीवन लामा, लगायत संस्थाका सञ्चालक समिति,लेखा सुपरीवेक्षण समिति तथा कर्मचारीको उपस्थितिमा सम्पन्न भएको जनाइएको छ ।
परोपकार महिला बचत तथा ऋण सहकारी संस्था महिलाहरुको मात्रै व्यवस्थापनमा सञ्चालन हुदै आएको सहकारी हो ।
भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...