अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
11 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना गरेको छ । आइतबार दोलखा सदरमुकाम चरिकोटमा तीज पर्वले पारेको प्रभाव र असर विषयमा अन्तरसंवादसंगै मनोरञ्जनात्क कार्यक्रम गरेको अखिल नेपाल महिला संघ दोलखाकी अध्यक्ष मेनुका सुवेदीले बताउनुभयो । अखिल नेपाल महिला संघ स्थायी कमिटि सदस्य तथा दोलखा इन्चार्ज शारदा रानाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रानाले तीज पर्वमा देखिएका विकृतिलाई सुसंस्कृतिमा रुपान्तरण गर्न आवश्यक भएको धारणा राख्नुभयो ।
अनेमसंघ केन्द्रिय सदस्यहरु उर्मिला थामी,शान्ति कुमारी तमाङ,अनेमसंघ केन्द्रिय प्रचार विभाग प्रमुख कालिका पाठक,नेकपा एमाले प्रदेश कमिटि सदस्यहरु बालकृष्ण शिवाकोटी,भरत केसी,नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ लगायतले शुभकामना व्यक्त गर्दै तीज पर्वले महिलाको क्षमता विकाससंगै महिलामा भएका समस्या समाधान तर्फ नेतृत्वदायी भूमिका निर्वाह सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । मन्तव्यका क्रममा वक्ताहरुले पर्वको नाममा सामाजिक सद्भावमा असर पुग्ने गतिविधि रोक्न सचेतीकरणको काममा लाग्न समेत महिलाहरुलाई आग्रह गरेका थिए ।
कार्यक्रममा नेकपा एमाले वागमती प्रदेश कमिटि सदस्यहरु कालिका पाठक र भरत बहादुर केसीले मौलिक तीज गीत गाएर परम्परागत तीज गीतको स्मरण गराउनुभएको थियो भने अरु सहभागी महिलाहरुले पनि परम्परागत तीज गीत गाएका थिए ।
तीज विशेष कार्यक्रममा जिल्लाभरका करिब ४ सय बढी महिलाहरुको सहभागिता रहेको अखिल नेपाल महिला संघ दोलखाले जनाएको छ । विहान ११ बजेबाट शुरु भएको कार्यक्रममा बेलुका ४ बजेसम्म महिलाहरुको उल्लासपूर्ण सहभागिता रहेको थियो ।
तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले तीज विशेष अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना गरेको छ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...