भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

दोलखाका सहकारी सञ्चालक र व्यवस्थापक प्रदेशकै उत्कृष्ट

8 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

जिल्ला बचत तथा ऋण सहकारी संघ दोलखाका अध्यक्ष भूमिराज खड्का र जिल्ला सहकारी संघ दोलखाका व्यवस्थापक राजकुमार दहाल वागमती प्रदेशकै उत्कृष्ट सहकारी सञ्चालक र व्यवस्थापक सम्मानबाट सम्मानित हुनुभएको छ । मंगलबार बागमती प्रदेश सहकारी संघको चौथो वार्षिक साधारणसभाबाट वागमती प्रदेशको उत्कृष्ट सहकारी व्यवस्थापक सम्मान विधाबाट खड्का र दहाल सम्मानित हुनुभएको हो ।


दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष एवम दोलखाको जिरीमा रहेको एकिकृत फ्रेण्डसिप साकोस जिरीका अध्यक्षसमेत रहनुभएका भूमिराज खड्का प्रदेश भित्रका सहकारी संघसंस्थाका पदाधिकारीहरु मध्ये उत्कृष्ट सहकारी सञ्चालकका रुपमा सम्मानित हुनुभएको हो भने जिल्ला सहकारी संघमा कुशल व्यवस्थापकको भूमिका निर्वाह गर्दै आउनुभएका दहाल उत्कृष्ट व्यवस्थापकका रुपमा सम्मानित हुनुभएको हो ।
प्रदेश सहकारी संघको चौथो बार्षिक साधारण सभाबाट आगामी ४ बर्षका लागि रामशरण शर्मा घिमिरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ भने दोलखाबाट श्यामकाजी कटवाल र रमेश कार्की प्रदेश सहकारी संघको सदस्यमा निर्वाचित हुनुभएको छ ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.