गौरीशङ्कर क्याम्पसमा गेष्ट लेक्चर मार्फत विशेष तयारी कक्षा
5 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट दोलखामा विभिन्न विषयमा गेष्ट लेक्चर मार्फत परीक्षा विशेष तयारी कक्षा सञ्चालन गरिएको छ । सेन्ट्रल कलेज अफ विजिनेश म्यानेजमेन्ट काठमाण्डौँका एकेडेमिक कोअर्डिनेटर समेत रहनुभएका सहायक प्राध्यापक विनोद अधिकारीले ५ दिनसम्म उक्त कक्षा सञ्चालन गर्नुभएको हो ।
क्याम्पसमा व्यवस्थापन संकायका प्रथम वर्ष र द्वितीय वर्षका विद्यार्थीको अर्थशास्त्र र लेखा विषयको परीक्षा विशेष तयारी कक्षा सञ्चालन गरिएको सहायक क्याम्पस प्रमुख बालकृष्ण फुँयालले बताउनुभयो । सहायक क्याम्पस प्रमुख फुँयालकाअनुसार आश्विन १ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको विशेष कक्षामा ५० जनाभन्दा बढी विद्यार्थीको सहभागीता रहेको थियो ।

oplus_0
विद्यार्थीहरुलाई विषयवस्तुको ज्ञानसंगै परीक्षामा उत्तरलेख्ने प्राविधिक सिप तथा दक्षताको बारेमा समेत अभिमुखीकरण गरिएको क्याम्पसले जनाएको छ । क्याम्पस प्रशासन, विद्यार्थी गुणस्तर सर्कल तथा अध्ययनरत विद्यार्थीहरुको उपस्थितीमा आज एक कार्यक्रमको आयोजना गरी गेष्ट लेक्चर अधिकारीलाई क्याम्पसले धन्यवाद ज्ञापन कार्यक्रमसहित कक्षा समापन गरेको थियो ।
क्याम्पसले विगत लामो समय देखि विभिन्न विषय विशेषज्ञमार्फत समय समयमा गेष्ट लेक्चर कक्षा सञ्चालन गर्दै आएको छ ।
दोलखा जिलु गाउको डोकोको कथा
6 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ । ४० वर्षदेखी डोको बुनेर जिविकोपार्जन गदै...
प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे
समदृष्टि अनलाइन संवाददाताप्रेस चौतारी नेपाल दोलखाको अध्यक्षमा श्रीजनकुमार घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज सदरमुकाम चरिकोटमा आयोजित ८ औं अधिवेशनले...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...