दशैँको अवसरमा चरिकोटमा महापुराण आयोजना गरिने
4 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा सदरमुकाम चरिकोटमा श्रीमद्भागवत महापुराण सञ्चालन गरिने भएको छ । यही आश्विन १७ देखि आश्विन २५ गतेसम्म दोलखा सदरमुकाम चरिकोटको सातदोवाटोमा पुराण लगाउने कार्यक्रम निर्धारण गरिएको दुर्गा पूजा व्यवस्थापन समिति संयोजक श्यामकृष्ण थापाले बताउनुभयो ।
धार्मिक एकता र सामाजिक सद्भावसहित संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वार्षिक रुपमा कार्यक्रम गर्न लागिएको संयोजक थापाको भनाइ छ ।
त्रिभुवन विश्व विद्यालयका संस्कृतविद प्रा.डा. विणा पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न हुने श्रीमद्भागवत महापुराण उद्घाटन कार्यक्रम पछि पण्डित रामचन्द्र तिमल्सिना प्रमुख कथा वाचक र पण्डित हरि तिमल्सिना उप–वाचक रहने कार्यक्रम तय भएको आयोजकको भनाइ छ ।
विजया दशमी २०८१ को अवशरमा आयोजना गरिने महापुराण कार्यक्रमको उद्घाटन १७ गते घटस्थापनाका दिने गरिने छ । १७ विहान ७ बजे कलश यात्राको आयोजना गरी कथा वाचन प्रारम्भ हुने आयोजकको भनाइ छ ।२४ गते दिउँसो ३ बजेबाट नौलाख दीप प्रज्ज्वलन र होमादी गरी आश्विन २५ गते तिलार्पण गरी कार्यक्रम समापन गरिने छ ।। गत वर्षपनि विजया दशमीको अवशरमा पुराण लगाइएको थियो ।
दोलखा उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, दोलखा , चेम्बर अफ कमर्श दोलखा जिल्ला निर्माण व्यवसायी संघको सहआयोजनामा कार्यक्रम गरिने छ ।
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
धरमघरबासीको फेरिएको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...