सुनखानीका मन खाने नानी सार्वजनिक हुँदै ……….
5 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
शैक्षिक तथा साहित्यिक व्यक्तित्व सुन्दर खड्काको सिर्जना रहेको कालिञ्चोकको डाँफे मुनाल बोलको म्युजिक भिडियो सार्वजनिक गरिने भएको छ । दोलखाका पुराना,धार्मिक,साँस्कृतिक तथा ऐतिहासिक विषयवस्तु समेटिएका गीतको म्युजिक मिडियोे यही अशोज १२ गते सार्वजनिक गरिने भएको हो ।
काँठ क्षेत्रमा लोक तथा दोहोरी गीतको मोडलिङमा जमेका स्थापित कलाकार सञ्जीव ठकुरीको अभिनय रहेको उक्त भिडियोले दोलखाको पर्यटन प्रवर्द्धन गर्न सहयोग गर्नुका साथै नयाँ गन्तव्यको प्रचार हुने सर्जक खड्काले बताउनुभयो । सर्जक खड्काकाअनुसार दोलखाका पुराना तर ओझेलमा परेका ठाउँहरु सुन्द्रावती झरना, चौघरा दरबारको महत्व भिडियोमा झल्कने छ । नयाँ गन्तव्यको रुपमा विकास हुदै गरेका पर्यटकीय स्थलहरु श्रीङ्गी ऋषीको गुफा भएको शुरुङ्गे, आन्तरिक पर्यटकलाई आकर्षण गर्ने भोर्ले झरना, शैलुङको थुम्का मिनीग्रेटवाल, गोल्मास्थान शितलबस्ती लगायतका क्षेत्र चर्चामा ल्याउन खोजिएको छ । जनजीविकामा जोडिएका दाइँ गर्ने प्रचलन, सिङ्गटीमा पाइने माछालाई समेत गीतका शब्दमा सजाइएको छ ।
गीतमाप्राकृतिक सौन्दर्यले भरिएका गौरीशङ्कर हिमाल,तामाकोसी नदी, कालिन्चोक, शैलुङ, हनुमन्ते, लगायतलाई वर्णन गरिएको छ । मानवनिर्मित संरचनाका रूपमा रहेको मिनीग्रेटवाल, कालिञ्चोक केबलकार लगायतलाई थप चर्चामा ल्याउन भिडियोले सहयोग पुग्ने विश्वास गरिएको छ । दोलखाको शहरी क्षेत्रका रुपमा विकास हुँदै गरेका स्थानहरु जिरी, मैनापोखरी, साङ्वाबजारलाई गीतले जोड्न खोजेको छ । धार्मिक पर्यटनका रुपमा चर्चित भीमेश्वरलाई समेत गीतले थप प्रकाशमा ल्याउने प्रयास गरिएको छ ।
गीतमा वर्णन गरिएका दोलखाका महत्वपूर्ण स्थानमा पुगेर छायाँङ्कन गरी भिडियो सामग्री तयार गरिएको क्रियटिभ स्टुडियोका प्रोप्राइटर भीमसेन श्रेष्ठले जानकारी दिनुभएको छ ।
चर्चित गीत राइमाइलाले गाउँ छोड्यो रे बोलको गीतको कभर भिडियोमा निर्देशन गरी चर्चा कमाएका निर्देशक अर्पण तामाङको निर्देशनमा रहेको म्युजिक भिडियोमा नृत्यशालाका नृत्य निर्देशक बनिता गुरुङ तथा अङ्कित थामीद्वारा दोलखाका जिरी, सुनखानी, मैनापखरी र चरिकोटका कलाकारहरुलाई समेत नृत्य गराइएको छ ।
सात मिनेटको म्युजिक भिडियोमा प्रेमकथा, नृत्य, अभिनय तथा दोलखाको महत्वपूर्ण पर्यटकीय स्थलको दृष्य समेटेको निर्माता तथा गीतकार सुन्दर खड्काले जानकारी दिनुभएको छ ।
टिकटकमा चर्चा बटुलेकी मोडल बबिता गुरुङ ९इसु० को जीवन्त अभिनय रहेको म्युजिक भिडियोमा केही नयाँ कलाकार समेतको उपस्थिति रहेको छ । नयाँ पुस्तामाझ लोकप्रिय गायिका अस्मिता अधिकारी र सुरम्य सङ्गीत दिने गायक नरहरि प्रेमीको आवाज तथा दोलखामा रहेर साहित्य सिर्जनामा सक्रिय रहेका सुन्दर खड्काको रचनामा दोलखाका विभिन्न नयाँ तथा पुराना पर्यटकीय स्थलहरु समेटिएको गीतको रेकर्डिङ तथा छायाङ्कनकै क्रममा निकै चर्चा बटुलिसकेको छ ।
वेभ रेकर्डिङ स्टुडियो अनामनगरमा एरेन्जर नरेन्द्र वियोगीको व्यवस्थापनमा रेकर्डर समीर कार्कीद्वारा रेकर्ड गरिएको गीतका विभिन्न पक्षसँगको सहकार्य र समन्वय जिल्ला युवा समितिका अध्यक्ष भरत रोन श्रेष्ठ र एसएस फाउण्डेसन दोलखाका अध्यक्ष नवराज खड्काले गर्नुभएको छ । पहिलो चरणमा गीतको श्रव्य सामग्री तयार गरी दोलखाका विभिन्न स्थानमा छायाङ्कन गरी श्रव्यदृष्यसहितको गीत सार्वजनिक गर्ने तयारी रहेको स्रोतले बताएको छ ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...