चरिकोटमा श्रीमद्भागवत महापुराण शुरु
4 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता![](https://samadristionline.com/wp-content/uploads/2024/10/20241003_100900-650x390.jpg)
दोलखा सदरमुकाम चरिकोटमा आजबाट श्रीमद्भागवत महापुराण सञ्चालन भएको छ । आज विहिबार घटस्थापनाको अवशर पारेर दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले दीप प्रज्ज्वलन गरेर महापुराण कार्यक्रमको औपचारिक शुरुवात गर्नुभएको हो ।
विहान चरिकोट साटदोवाटोदेखि पाटीखोला, पशुपति डाँडाहुँदै पुराणस्थल सातदोवाटोसम्म कलश यात्रा पछि कार्यक्रमको विधिवत उद्घाटन गरिएको थियो । धार्मिक एकता र सामाजिक सद्भावसहित संस्कृतिको संरक्षण गर्ने उद्देश्यले वार्षिक रुपमा कार्यक्रम गर्न लागिएको आयोजक दुर्गा पूजा व्यवस्थापन समितिका संयोजक श्यामकृष्ण थापाको भनाइ छ ।
विजया दशमीको नवमीसम्म लगाइने श्रीमद्भागवत महापुराणमा पण्डित रामचन्द्र तिमल्सिना प्रमुख कथा वाचक र पण्डित हरि तिमल्सिना उप–वाचक रहनुभएको दुर्गा पूजा व्यवस्थापन समितिका कोषाध्यक्ष ऋषी प्रसाद न्यौपानेले बताउनुभयो ।
२४ गते दिउँसो ३ बजेबाट नौलाख दीप प्रज्ज्वलन र होमादी गरी आश्विन २५ गते तिलार्पण गरी कार्यक्रम समापन गरिने छ ।। गत वर्षपनि विजया दशमीको अवशरमा पुराण लगाइएको थियो । दोलखा उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, दोलखा,चेम्बर अफ कमर्श दोलखा जिल्ला निर्माण व्यवसायी संघको सहआयोजना रहेको छ ।
वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...
सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
समदृष्टि अनलाइन संवाददातादोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना...
दोलखामा जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिता गरिँदै
समदृष्टि अनलाइन संवाददाताजिल्ला भलिबल संघ दोलखाले “दोलखा जिल्ला कप २०८१“ अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।...