भर्खरै प्रकाशित: भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत मेरी फुपू,सबैकी फुपू निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण व्युटीसियन हुदै वडासदस्यसम्मको जिम्मेवारी सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम

जनसचेतनको ३२ औँ स्थापना दिवसः सामाजिक सद्भावका कार्यक्रम सञ्चालन

9 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको ३२ औ स्थापना दिवसको अवसरमा जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा स्वास्थ्य सामग्री  वितरण गरेको छ । संस्थाले ३२ औँ स्थापना दिवसको अवसरमा संस्थाले जिल्लामा रहेका गौरीशङ्कर बालगृह र स्नेह केन्द्रलाई सहयोग हस्तान्तरण गरेको हो । संस्थाका कार्यवाहक अध्यक्ष गोपालध्वज श्रेष्ठ,कोषाध्यक्ष भरत दहाल,प्रमुख कार्यकारी अधिकृत नवराज दहाल लगायत संस्थाका सल्लाहकार तथा अन्य पदाधिकारीको उपस्थितिमा संस्थामा पुगेर सहयोग सामग्री हस्तान्तरण गरेको संस्थाले जनाएको छ । सहकारीले सामाजिक सद्भावना कार्यक्रम अन्तरगत यो वर्षको स्थापना दिवसमा सहयोगका कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

२०५० सालमा स्थापना भएको जनसचेतन बचत तथा ऋण सहकारी संस्थाले ३१ वर्ष सफलतापुर्वक पुरा गरेर ३२ औँ वर्षमा प्रवेश गरेको अवसरमा आज मानव सेवामा समर्पित संस्थालाई सहयोग गरेको हो ।
जनसचेतन बचत तथा ऋण सहकारी संस्था साविक काब्रे गा.वि.स.मा रहेको हनुमन्तेश्वर मा.वि.का प्रधानाध्यापक रहनु भएका यज्ञराज ढुंगेलको अगुवाईमा २०५० साल आश्विन २२ गते शिक्षक, कर्मचारी, समाजसेवी, किसान, व्यापारी तथा सामाजिक अभियन्ताहरु समेत ३४ जना मिलेर यो संस्थाको स्थापना गरिएको हो । आश्विन २२ गते स्थापना गरिएको संस्थाले ३१ वर्ष पुरा गरेको छ ।
स्थानीय जनताहरुका आर्थिक र सामाजिक स्तर अभिवृद्धि गर्ने उद्देश्यबाट प्रेरित भएर स्थापना गरेको जनसचेतन सहकारीले तत्कालीन काब्रे, नाम्दु, मिर्गे र गैरीमुदी गा.वि.समा कार्यक्षेत्र बनाएर सेवा प्रवाह गरेको थियो । .सहकारीले अहिले दोलखा, काभ्रेपलाञ्चोक, भक्तपुर, काठमाडौं जिल्ला र ललितपुर जिल्लाको ललितपुर महानगरपालिकामा समेत सेवा केन्द्र सञ्चालन गरेर सेवा प्रवाह गर्दै आएको छ । भसंस्थाको मुख्य कार्यालय वैतेश्वर गा.पा. वडा नं. ५, मैनापोखरी बजारमा आफ्नै सुविधासम्पन्न आधुनिक भवनमा रहेको छ । संस्थाले मुख्य कार्यालय बाहेक विभिन्न क्षेत्रहरुमा थप १६ वटा सदस्य मैत्री सेवाकेन्द्रहरु स्थापना गरी सदस्यहरुलाई स्थानीय स्तरमा नै सेवाहरु प्रदान गरिरहेको छ । संस्थामा करिब ४० हजारको सङ्ख्यामा शेयर सदस्य रहेको संस्थाले जनाएको छ ।

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...

मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाता

विनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...

निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाता

  शान्ति निहारिकाद्वारा लिखित  “चट्याङको मूर्च्छना” उपन्यास  लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...

सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददाता

मन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...

मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददाता

पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...

.