गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
6 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार सहित घरदैलो अभियानमा मतदाताहरु भेट्न व्यस्त रहेका छन् । गौरीशंकरको उपाध्यक्ष पदको लागि सात राजनैतिक दल सहित १६ जनाले उम्मेदवारी दिएका उम्मेदवारहरु मतदाताहरुको टोल वस्तीमा पुगेर मत माग्न व्यस्त रहेका छन् ।
चुनावी चहल पहल व्यापक रुपमा भई रहेको गौरीशंङ्कर गाउँपालिकामा भने नेकपा एमाले प्रति गौरीशंङ्करका मतदाता तथा युवाहरुको आकर्षण वढदै गई रहेको पाइएको छ । नेकपा एमालेले युवा उम्मेदवार उमा शेर्पा मगरलाई उपाध्यक्षको उम्मेदवार वनाएको छ । स्रोत साधनले सम्पन्न जिल्लाकै उत्तरी क्षेत्र गौरीशंङ्कर गाउँपालिका नेकपा एमालेको नेतृत्व विना विकास सम्भव नभएको भन्दै घरदैलो अभियान तथा विभिन्न कार्यक्रममा युवाहरु दैनिक रुपमा एमाले प्रवेश गरी रहेका छन् । नेकपा एमाले गौरीशंङ्कर गाउँपालिकाले चुनावी अभियान संगै विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने युवाहरुलाई स्वागत गरी रहेको छ । गत स्थानीय तहको निर्वाचनमा माओवादी काङग्रेस र समाजवादीको गठवन्धन संग झिनो मत अन्तरले पराजय भएको एमाले पालिकाको पहिलो शक्ति भएकाले एमालेको उम्मेदवार विजयी हुने निश्चित रहेको एमाले सचिवालय सदस्य तथा पालिका इन्चार्ज जंग बहादुर गुरुङले बताउनु भयो । निर्वाचित जनप्रतिनिधिहरुको पछिल्लो कार्यशैलीका कारण अन्य दल संग नागरिकहरु असन्तुष्ट बढदै गएको र नेकपा एमालेको नेतृत्व विना पालिकाको विकास संभव नभएको भन्दै नेकपा एमाले प्रति युवाहरुको आकर्षण वढदै गएको निर्वाचन परिचालन समितिका संयोजक स्वयम बहादुर खड्काले बताउनुभयो ।
विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेका उम्मेदवार लाई विजयी गराउन नेकपा एमालेमा प्रवेश गर्ने युवाहरुलाई नेकपा एमालेका पोलिटव्युरो सदस्य पार्वत गुरुङले स्वागत गर्नु भएको थियो । गौरिशंकर स्थायी ठेगाना भई काठमाण्डौ वस्ने युवाहरुलाई काठमाण्डौमा पार्टी प्रवेश गराएको थियो भने पालिका कमिटीले केहि दिन अघि सुरीमा आयोजना गरेको सभामा झयाकु, खारे सुरी चंखुका करिव ५० युवाहरुलाई पार्टीमा पोलिटव्युरो सदस्य पार्वत गुरुङले स्वागत गर्नुभएको संयोजक स्वयम बहादुर खड्काले बताउनुभयो ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...