कुटीडाँडामा विज्ञान विषयक हाजिरीजवाफ प्रतियोगिता
6 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
मंसिर १४
कुटीडाँडामा माध्यमिक विद्यालय मकैबारी दोलखामा माध्यमिक विद्यालय स्तरीय विज्ञान विषयको हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको छ । दोलखाको भीमेश्वर नगरपालिका ७ मकैबारीमा रहेको विज्ञान विषय उपसमितिको आयोजना तथा विज्ञान तथा प्रविधि क्लबको व्यवस्थापन र विद्यालयको समन्वयमा भएको कार्यक्रममा महेन्द्रदयो माध्यमिक विद्यालय माटी प्रथम,कालिञ्चोक माध्यमिक विद्यालय चरिकोट द्वितीय र मोर्डन नेपाल स्कुल तृतीय हुन सफल भएको विद्यालयका सहायक प्रधानाध्यापक ईश्वर चौलागाईँले बताउनुभयो । भीमेश्वर नगरपालिका अन्तरगतका माध्यमिक विद्यालय स्तरीय प्रतियोगीताका विजयी प्रथम, द्वितीय र तृतीय प्रतियोगीहरुलाई क्रमश नगद ३ हजार, २ हजार र १ हजार ५ सय रुपैयाँसहित प्रमाणप्रत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगीतामा भीमेश्वर नगरपालिकाका १६ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । विद्यालयमा गठन भएको विज्ञान विषय उपसमितिका संयोजक धुव बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शङ्करलाल श्रेष्ठ,भीमेश्वर नगरपालिका वडा नम्वर ७ का वडा अध्यक्ष विनोद तमाङ र भीमेश्वर नगरपालिका शिक्षा शाखाका स्रोत व्यक्ति सुन्दर खड्काले लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...