भर्खरै प्रकाशित: राउत गाउँको रायोको साग बैतेश्वरको सवालः नेकपा एमालेको भावी योजना दोलखा सदरमुकाम चरिकोटमा ३ दिन स्ट्रिटफुड फेस्टिभल हुने नेपालमा नै पहिलो हाई अल्टिच्युट फेशन रनवे कालिञ्चोकमा भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत अब त सच्चिने कि ! बाँदर नियन्त्रणका लागि मेलुङमा नयाँ प्रविधि ढलको निकास अबको विकास,चरिकोटको सडक अस्तव्यस्त

नेपाल राष्ट्रिय शिक्षक संगठन भीमेश्वरको अध्यक्षमा अञ्जना सुवेदी सर्वसम्मत

3 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

नेपाल राष्ट्रिय शिक्षक संगठन भीमेश्वर नगर समितिको अध्यक्षमा अञ्जना सुवेदी सर्वसम्मत चयन हुनु भएको छ । शनिबार गौरीशङ्कर बहुमुखी क्याम्पसको सभा कक्षमा सम्पन्न अधिवेशनले सुवेदीको अध्यक्षतामा ३६ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरिएको हो ।
समितिको महिला उपाध्यक्षमा लक्ष्मी भुजेल,उपाध्यक्षमा पदम प्रसाद शिवाकोटी, सचिव सूर्य चौलागाई,सहसचिव समीरा बस्नेत,कोषाध्यक्षमा राजु नेपाली र सहकोषाध्यक्षमा उर्मिला खड्का चयन हुनुभएको छ ।
समितिको सदस्यहरुमा उद्धव कार्की,पार्वती खडका,सोफिया खड्का,सविना खड्का,गीता थामी,दिपेन्द्र कार्की लगायत निर्विरोध हुनु भएको छ ।
अधिवेशनबाट निर्वाचित समितिलाई नेपाल राष्ट्रिय शिक्षक संगठन वागमती प्रदेश इन्चार्ज शङ्करलाल श्रेष्ठले सपथ ग्रहण गराउनु भयो ।


अधिवेशनको उद्घाटन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठन वागमती प्रदेश इन्चार्ज एवम कार्यक्रमका प्रमुख अतिथि शङ्करलाल श्रेष्ठले शैक्षिक गुणस्तर वृद्धिको लागि शिक्षकहरु जिम्मेवार भएर लाग्नु पर्ने धारणा राख्नुभयो । उहाँले शुभकामना दिँदै पेशागत हकहितको लागि संगठन सदृढ बनाएर संस्थागत विकासमा जोड दिनुपर्ने बताउनुभयो । शिक्षक पेसा मर्यादित भएकाले पेसाको गरिमा बचाउने गरी काम गर्न शिक्षकहरुलाई आग्रहसमेत गर्नुभयो ।
अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमाले जिल्ला कमिटि उपसचिव एवम भीमेश्वर नगर उपप्रमुख कमला बस्नेत,नेकपा एमाले भीमेश्वर नगर अध्यक्ष भोला खतिवडा, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समितिका पूर्व अध्यक्ष बालकुमार गिरी, शिक्षक महासंघ दोलखाका सदस्य सूर्य चौलागाई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन भीमेश्वर नगर समितिका अध्यक्ष राजन कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा समितिका सचिव राजन ढुङ्गेलले सांगठनिक तथा प्रगति प्रतिवेदन,कोषाध्यक्ष गोकर्ण बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुग गर्नुभएको थियो ।


कार्यक्रमको अवशरमा शिक्षक संगठनमा महत्वपूर्ण योगदान गर्नुहुने शिक्षक महासंघका पूर्व अध्यक्ष पदम जिरेल, सिर्जनात्मक शिक्षक सम्मानबाट सुन्दर खड्का,दीर्घ सेवासम्मान अन्तरगत मिन प्रसाद पोखरेल,लक्ष्मेश्वर मण्डल,दिनेश कुमार कार्की र समाजसेवी सम्मानबाट जोखिममा परेका महिला तथा बालबालिकाको संरक्षण गर्दै आउनुभएकी आवाज नेपालकी अध्यक्ष सिर्जना कार्कीलाई सम्मान गरिएको भीमेश्वर नगर समितिले जनाएको छ ।
यस अगाडि चरिकोटको सातदोबाटो चोकबाट शुरु भएको मोटरसाइकल र्याली बजार परिक्रमा गर्दै गौरीशङ्कर क्याम्पसको सभाकक्षमा पुगेर उद्घाटन सत्र सञ्चालन गरेको थियो । २ सयभन्दा बढी शिक्षकको सहभागितामा अधिवेशन सम्पन्न गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन भीमेश्वर नगर समितिको भनाइ छ ।

 

 

राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  त्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...

अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाता

  विरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...

साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...

सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाता

  विनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...

अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददाता

नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...

तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददाता

  नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...

.