दोलखामा ‘एक चिहान’ नाटक प्रदर्शन हुँदै
2 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखा । ओजस थिएटरले बहुचर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक ‘एक चिहान’ आगामी मङ्गलबारदेखि दोलखामा प्रदर्शन गर्ने भएको छ ।
हृदयचन्द्रसिंह प्रधानको उपन्यासलाई नाटकमा रुपान्तरण गरेर विद्यार्थीहरुलाई केन्द्रित गरी नाटक प्रदर्शन गर्न लागिएको ओजस थिएटर काठमाण्डौंका प्रबन्ध निर्देशक सागर कार्कीले शनिबार चरिकोटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । नाटक पुस १६ गतेदेखि २१ गतेसम्म प्रदर्शन हुनेछ । चरिकोट आसपासका लागि गौरीशङ्कर बहुमुखी चरिकोट, बैतेश्वर गाउँपालिका आसपासका लागि हनुमन्तेश्वर माध्यामिक विद्यालय मैनापोखरी र जिरी आसपासका लागि जिरी माध्यामिक विद्यालय जिरीमा प्रदर्शन हुने भएको छ ।
विद्यार्थीहरुलाई अभिनयमार्फत नाटक र नाट्यशालाको बारेमा जानकारी दिनुका साथै वर्तमान समाजको चित्रण गरेर देखाउने उद्धेश्यले नाटक प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ । एचवि मगरले परिकल्पना गर्नुभएको नाटकलाई रविन दोङले निर्देशन गर्नुभएको छ ।
रोल्वालिङ मिडिया चरिकोटसँगको सहकार्यमा दोलखाका विभिन्न ठाउँमा प्रदर्शन हुन लागेको नाटक विद्यार्थीसहित करिब २ हजार दर्शकले हेर्ने आयोजकको अनुमान रहेको छ । प्रत्यक्ष अभिनयसहित मिनी नाट्यशालाको झल्को दिनेगरी प्रदर्शन हुने नाटक दोलखाली विद्यार्थी र दर्शकहरुका लागि नयाँ स्वाद हुने स्थानीय सहआयोजक रोल्वालिङ मिडिया प्रालिका अध्यक्ष तारा बहादुर महतले बताउनुभयो ।
बहुचर्चित उपन्यास ‘एक चिहान’ कक्षा १२ को अनिवार्य नेपाली विषयमा पठनपाठन हुँदै आएको छ । नाटक विद्यार्थीलाई केन्द्रित गरेर प्रदर्शन गर्न लागिएको भएपनि पुस २० गते शनिबार बाहिरी दर्शकहरुक लागि विशेष शो हुने भएको छ । नाटक हेर्नका लागि विद्यार्थीका लागि ३ सय रुपैयाँ र अन्य दर्शकका लागि ४ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...