दोलखा बालगृहका बालक ९ वर्षदेखी जोखिमयुक्त घरमा, भवन निर्माणमा सरोकारवाला निकाय मौन
1 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददातादोलखा बालगृहका बालकहरु करिब ९ वर्षदेखी भुकम्पले चारैतिर चिरा पारेको जोखिमयुक्त घरमा बसेर दिन काटन बाध्य छन ।
दोलखा सदरमुकाम चरिकोट नजिकै रहेको गौरीशंकर बालगृहका १७ जना बालकहरु भुकम्पले चर्किएका जोखिमयुक्त घरमा बस्न बाध्य बनेका हुन ।
भुकम्पले चिराचिरा परेका भवनका छतबाट सित चुहिएर रातभरी अनिदो बस्नुपरेको उनीहरुको गुुनासो छ ।
रोल्पा, जाजरकोट, हुम्ला र दोलखाका ६वर्षदेखी १७ वर्षसम्मका बालकहरु बस्दै आएका बालगृहमा न त वरिपरी कम्पाउण्ड छ न त बस्ने सुरक्षित घर नै ।
भुकम्पले चिरा परेका प्वालहरुबाट सर्प समेत आउने गरेको बालकहरु बताउछन ।
२०५३ सालमा नेदरल्याण्डस सरकारले जोखिममा परेका बालबालिकाको पालनपोषण र शिक्षाको लागी बालगृह निर्माण गरिदिएको हो ।
नेपाल बाल संगठले यसको जिम्मेवारी लिएपनि भवन मर्मतको लागी चासो नदिदा बालकहरु जोखिमयुक्त घरमा बस्न बाध्य भएको बालसंगठन दोलखाका उपसभापति रामकृष्ण थापाले बताउनुुभयो ।
२९ रोपनीमा फैलिएको बालगृहका ५ वटा भवन २०७२ सालको भुकम्पले जिर्ण बनाएको कर्मचारीहरुको भनाई छ ।
खान तथा अन्य सुविधाको राम्रै व्यवस्था भएपनि जिर्ण भवनका कारण साना÷ साना पराकम्पनमा पनि त्रसित हुनुपरेको बालकहरुको दुखेसो छ ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...