सहकारी पत्रकारिता पुरस्कारबाट केदार शिवाकोटी सम्मानित
4 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
जिल्ला सरकारी संघ दोलखाको १९ औ वार्षिक साधारणले पत्रकार केदार शिवाकोटीलाई सहकारी “पत्रकारीता पुरस्कार २०८१”ले सम्मान गरेको छ । सहकारी अभियानमा योगदान गरेको भन्दै कान्तिपुरकर्मी शिवाकोटीलाई राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिवि बस्नेतले नगद र प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
सहकारीको अभियानमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गर्ने क्रममा सहकारीको अभियान सफल बनाउन नितिविधि बनाएर सहयोग गर्ने मेलुङ गाउँपालिका,सहकारी अभियानकर्मी ढाल बहादुर सापकोटा,उत्कृष्ट कारोबार गर्ने हाम्रो जनकल्याण सहकारी,नियमित कारोबार गर्ने अर्थभुूमी सहकारीलाई सम्मान गरेकोे छ । सम्मानित हुनेहरुमा पूर्व संचालक रत्न बहादुर श्रेष्ठ,उत्कृष्ट व्यवस्थापक चुणामणि घिमिरे,उत्कृष्ट महिला कर्मचारी जुना चापागाईँ र रमेश सापकोटा रहनुभएको छ ।
राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिवि बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा वागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे,जिल्ला वचत संघका अध्यक्ष भूमिराज खड्का,वाग्मती प्रदेश सहकारी संघका पूर्व महासचिव भीम प्रसाद दहाल,जिल्ला कृषि सहकारी संघ दोलखाका अध्यक्ष माधव प्रसाद घिमिरे, सहकारीका व्यवस्थापकहरुको साझा मञ्चका दिपक बस्नेत, दोलखा उद्योग वाणिज्य सघका उपाध्यक्ष विमल श्रेष्ठ लगायतले शुभकामना दिनुभएको थियो ।
संस्थाका अध्यक्ष देवीप्रसाद फुयालको अध्यक्षतामा भएको वार्षिक साधारण सभामा वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष फूयाँल र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक पुष्कर कुमार दहालले प्रस्तुत गर्नुभएको थियो । संस्थामा गत असार मसान्तसम्म २१ करोड ८३ लाख १९ हजार १४ रुपैयाँ प्रतिवेदन प्रस्तुत गरिएको थियो । जिल्ला संघका उपाध्यक्ष कृष्ण प्रसाद दहालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव दिल बहादुर केसीले गर्नुभएको थियो ।
दोलखामा ५ सय सहकारी मध्ये जिल्ला संघ दोलखामा ३ सय ९६ सहकारी आवद्ध रहेका छन् ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...