जिल्ला सरकारी संघ दोलखाको १९ औ साधारण
3 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
जिल्ला सरकारी संघ दोलखाको १९ औ वार्षिक साधारण सम्पन्न भएको छ । दोलखा सदरमुकाम चरिकोटमा आज एक कार्यक्रमका बीच सम्पन्न भएको हो ।
राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिवि बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले दोलखाको सहकारी अभियानको गरिमा जोगाउने गरी काम गर्न सहकारी अभियानकर्मीलाई आग्रह गर्नुभयो । सहकारी चलाउन सहज नभएको भन्दै गल्ती र लापारवाही कसैलाई छुट नहुने धारणा राख्नुभयो । भर्खरै जारी भएको अध्यायदेशका असहजतालाई नेतृत्वको तर्फबाट सहज बनाउन प्रयत्न गर्नेसमेत उहाँले विश्वास दिलाउनुभयो ।
कार्यक्रममा वागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे,जिल्ला वचत संघका अध्यक्ष भूमिराज खड्का,वाग्मती प्रदेश सहकारी संघका पूर्व महासचिव भीम प्रसाद दहाल,जिल्ला कृषि सहकारी संघ दोलखाका अध्यक्ष माधव प्रसाद घिमिरे, सहकारीका व्यवस्थापकहरुको साझा मञ्चका दिपक बस्नेत, दोलखा उद्योग वाणिज्य सघका उपाध्यक्ष विमल श्रेष्ठ लगायतले भाखा नाघेको ऋण नउठ्नु,नगद व्यवस्थापन गर्न नसक्नु,तरलता बढ्दै जानु सबैभन्दा बढी चुनौति रहेको भन्दै सहकारीको ऋण नतिर्नुु नियत वा समस्या के हो ? सोच्नुपर्ने र सहकारी अभियानकर्मीले बहस चलाउन अपरिहार्य भएको धारणा राख्नुभयो । सहकारीका समस्या र चुनौति व्यवस्थापनका लागि अरुका समस्याबाट पाठ सिकेर अगाडि बढ्नु पर्ने कुरामा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष देवीप्रसाद फुयालको अध्यक्षतामा भएको वार्षिक साधारण सभामा वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष फूयाँल र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक पुष्कर कुमार दहालले प्रस्तुत गर्नुभएको थियो । संस्थामा गत असार मसान्तसम्म २१ करोड ८३ लाख १९ हजार १४ रुपैयाँ प्रतिवेदन प्रस्तुत गरिएको थियो । जिल्ला संघका उपाध्यक्ष कृष्ण प्रसाद दहालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव दिल बहादुर केसीले गर्नुभएको थियो ।
दोलखामा ५ सय सहकारी मध्ये जिल्ला संघ दोलखामा ३ सय ९६ सहकारी आवद्ध रहेका छन् ।
वार्षिक दिवसको अवशर पारेर सहकारीको अभियान सफल बनाउन नितिविधि बनाएर सहयोग गर्ने मेलुङ गाउँपालिका,सहकारी अभियानकर्मी ढाल बहादुर सापकोटा,सहकारी पत्रकारीता पुरस्कारबाट पत्रकार केदार शिवाकोटी, उत्कृष्ट कारोबार गर्ने हाम्रो जनकल्याण सहकारी,नियमित कारोबार तर्फ अर्थभुूमी सहकारीलाई सम्मान गरिएको छ । यसैगरी पूर्व संचालक रत्न बहादुर श्रेष्ठ,उत्कृष्ट व्यवस्थापक चुणामणि घिमिरे,उत्कृष्ट महिला कर्मचारी जुना चापागाईँ र रमेश सापकोटा सम्मानित हुनुभएको छ ।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...