जिल्ला सहकारी संघ दोलखाको १९ साधारण सभा
1 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
जिल्ला सरकारी संघ दोलखाको १९ औ वार्षिक साधारण सम्पन्न भएको छ । दोलखा सदरमुकाम चरिकोटमा आज एक कार्यक्रमका बीच सम्पन्न भएको हो ।
राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिवि बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि बस्नेतले दोलखाको सहकारी अभियानको गरिमा जोगाउने गरी काम गर्न सहकारी अभियानकर्मीलाई आग्रह गर्नुभयो । सहकारी चलाउन सहज नभएको भन्दै गल्ती र लापारवाही कसैलाई छुट नहुने धारणा राख्नुभयो । भर्खरै जारी भएको अध्यायदेशका असहजतालाई नेतृत्वको तर्फबाट सहज बनाउन प्रयत्न गर्नेसमेत उहाँले विश्वास दिलाउनुभयो ।
कार्यक्रममा वागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण घिमिरे,जिल्ला वचत संघका अध्यक्ष भूमिराज खड्का,वाग्मती प्रदेश सहकारी संघका पूर्व महासचिव भीम प्रसाद दहाल,जिल्ला कृषि सहकारी संघ दोलखाका अध्यक्ष माधव प्रसाद घिमिरे, सहकारीका व्यवस्थापकहरुको साझा मञ्चका दिपक बस्नेत, दोलखा उद्योग वाणिज्य सघका उपाध्यक्ष विमल श्रेष्ठ लगायतले भाखा नाघेको ऋण नउठ्नु,नगद व्यवस्थापन गर्न नसक्नु,तरलता बढ्दै जानु सबैभन्दा बढी चुनौति रहेको भन्दै सहकारीको ऋण नतिर्नुु नियत वा समस्या के हो ? सोच्नुपर्ने र सहकारी अभियानकर्मीले बहस चलाउन अपरिहार्य भएको धारणा राख्नुभयो । सहकारीका समस्या र चुनौति व्यवस्थापनका लागि अरुका समस्याबाट पाठ सिकेर अगाडि बढ्नु पर्ने कुरामा जोड दिनुभयो ।
संस्थाका अध्यक्ष देवीप्रसाद फुयालको अध्यक्षतामा भएको वार्षिक साधारण सभामा वार्षिक प्रगति प्रतिवेदन अध्यक्ष फूयाँल र लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक पुष्कर कुमार दहालले प्रस्तुत गर्नुभएको थियो । संस्थामा गत असार मसान्तसम्म २१ करोड ८३ लाख १९ हजार १४ रुपैयाँ प्रतिवेदन प्रस्तुत गरिएको थियो । जिल्ला संघका उपाध्यक्ष कृष्ण प्रसाद दहालले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सहजीकरण महासचिव दिल बहादुर केसीले गर्नुभएको थियो ।दोलखामा ५ सय सहकारी मध्ये जिल्ला संघ दोलखामा ३ सय ९६ सहकारी आवद्ध रहेका छन् ।
वार्षिक दिवसको अवशर पारेर सहकारीको अभियान सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ । नितिविधि बनाएर सहकारी अभियानलाई सहयोग गर्ने मेलुमेलुङ गाउँपालिका, ऋण कारोबारमा अर्थभूमी साकोस,सहकारी अभियन्ता ढाल बहादुर सापकोटा,पूर्व सञ्चालक रत्न बहादुर श्रेष्ठ,पत्रकार केदार शिवाकोटी,व्यवस्थापक जनउपकार साकोसका चुडामणि घिमिरे, पुरूष कर्मचारी रमेश सापकोटा सहायक व्यवस्थापक मिलिजुलि कालिञ्चोक साकोस, महिला कर्मचारी सुनिता चापागाई न्यौपाने सहायक व्यवस्थापक पौरखी कृषि सहकारी संस्था लि सम्मानित हुन भएको छ ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...