सुरक्षित वैदेशिक रोजगारी परामर्शका लागि दोलखामा स्रोतकेन्द्र स्थापना
1 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
दोलखामा आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखा परिसरमा मङ्गलबार आप्रवासी स्रोत केन्द्र स्थापना गरिएको हो ।
“सकेसम्म स्वरोजगार बनौं, वैदेशिक रोजगारमा जानैपर्ने भए सहि सुचना र सिप सिकेर जाऔं” भन्ने नारासहित भीमेश्वर नगरपालिकाले आप्रवासी स्रोत केन्द्र स्थापना गरेको नगरपालिकाका रोजगार संयोजक डम्बर प्रसाद ओलीले बताउनुभयो । हो । स्रोत केन्द्रले सुरक्षित वैदेशिक रोजगारीका लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउने नगरपालिकाले जनाएको छ ।
वैदेशिक रोजगारीका लागि सिक्नुपर्ने सिप र तालिम, श्रम स्वीकृति र विदेश जाने रुटसहित विदेशमा कुनै दुर्घटना भएमा पाउने क्षतिपूर्ति लगायतका बारेमा स्रोत केन्द्रले जानकारी दिनेछ । केन्द्रमा २ जना परामर्शकर्ता र १ जना मनोपरामर्शकर्ताले आवश्यकता अनुसारको सेवा प्रवाह गर्नेछन् ।
भीमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर नारायण मानन्धर, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नगर उपप्रमुख कमला बस्नेत लगायतको उपस्थितिमा केन्द्र उद्घाटन् भएको थियो । ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...