महङ्गो क्यामरा
2 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
विरोध घिसिङ तमाङ
महङ्गो क्यामरा किनेँ
शीतकालीन समयमा पाखा भित्तामा हिउँ परे
माघ –फाल्गुनमा गुराँस फुले
क्यामराको लेन्स तन्काएँ
अनि जुम गरी गरी फोटो खिचेँ ।
पृष्ठभूमि स्वतः ’ब्लर’ आए
अनि चुरोट तान्दै गरेको छेवैको साथीलाई देखाएँ
“वा ! बब्बाल फोटोग्राफी यार !“ प्रतिक्रिया पाइहालेँ
मन पुलकित भयो
फोटोग्राफर हुने हुटहुटी बढ्यो ।
तोरीबारीमा छिर्यो
रस चुस्दै गरेको माहुरीलाई
५० मिटरको दुरीबाट लेन्स तन्काई तन्काई
ख्याच्याक्क फोटो खिच्यो
यसपाली त झन् माहुरीको पखेटा नै प्रष्टै देखियो
हत्त न पत्त फेसबुकमा पोस्ट हान्न हौसिए ।
एकजना बेरोजगारले अनायास कमेन्ट गरिहाले
“अत्ति दामी दामी
तोरीे र माहुरीको पखेटाको रंगको संयोजन उत्कृष्ट”
झन् हौसिएँ ।।
कान्लामुनि सुतेर
कान्ला माथिकोे साथीको फोटो खिचेँ ।
कान्लाको उचाइले आकाश छोयो
संसार कै अग्लो मान्छे कहलियो साथी
अरु त कुरै छोडौँ
पैतालादेखि कम्मरसम्म
झन्नै १० मिटर लामो देखियो
वाह ! फोटोग्राफर भन्दै
बजारमा चर्चा सुरु भो ।।
त्यसपछि त झनै
हरेक दिन जसो फोटो खिचियो
कहिले हत्केलामा अस्ताउनै लागेको सूर्य खिचियो
कहिले उफ्रिदै
आपनै अगाडि गौरीशंकर हिमाल अडेको खिचियो ।।
कति खिचियो ?
के खिचियो ?
हिसाबकिताब राखिएन
बस्, फोटाहरु खिचिरहेँ
फोटोमा कला कहिल्यै रोजिएन
फोटोमा कथा कहिल्यै खोजिएन ।
“तस्बिर आफै बोल्छ“ भन्दै
सडकमा लत्पतिएका गोबरलाई खिचियो
आचारसंहिता नै नाघेर डोरीमा झुन्डिएका
लासलाई पनि खिचियो
दुर्घटनाका विभत्स तस्बिर खिचियो ।
किनकि !
महङ्गो क्यामराले उसलाई फोटोग्राफर
जो बनाइएको थियो ।।।।
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...
एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
समदृष्टि अनलाइन संवाददातानेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी...
विष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार शुशिला शर्मालाई
समदृष्टि अनलाइन संवाददाताविष्णुलक्ष्मी तुलसीमाया साहित्यिक पुरस्कार २०८१ साहित्यकार शुशिला शर्मा न्यौपानेलाई प्रदान गरिएको छ । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले...
भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु
समदृष्टि अनलाइन संवाददाताभीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १...
देवराम बुढाथोकीको अध्यक्षतामा मानव अधिकार तथा सामाजिक न्याय मञ्च गठन
समदृष्टि अनलाइन संवाददातापुस २९ राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल जिल्ला कमिटी दोलखाको पॉचौ जिल्ला भेलाले देवराम बुढाथोकीको अध्यक्षतामा...
पानीले फेरिएको धरमघरबासीको जीवन
समदृष्टि अनलाइन संवाददाताचरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर...