पानीले फेरिएको धरमघरबासीको जीवन
4 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले खानेपानी वितरण गरेपछि धरमघरका बासिन्दाको दैनिकी फेरिएको छ । दोलखा भीमेश्वर नगरपालिका वडा नं ५ धरमघरमा करिब १८ महिनादेखि खानेपानी नियमित भएपछि जनजीवन बदलिएको हो ।
“पहिले पानीको औधी दुःख थियो । घण्टौँ लगाएर पानी भर्न कुवामा जानु पथ्र्यो । त्यो पनि आधा रातमा गएमात्र पाइन्थ्यो नत्र कुवा नै रितिन्थ्यो ।” ५२ वर्ष अगाडि विहेगरेर धरमघर आउनुभएकी ७० वर्षीय देवकी कार्की दुःख सम्झनुहुन्छ ।“बाटो हिड्नेलाई प्यास मेटाउने पानी दिन पनि निक्कै सास्ती थियो । पछि विभिन्न खानेपानीका योजना आए तर नियमित पानी आएन । घर बनाउँदा पोखरीमा जमेको आकाशेपानी बोकेर बनायौँ । शहरी खानेपानी आएपछि हामीलाई स्वर्ग भएको छ ।” उहाँले भन्नुभयो ।
गाउँमा २४ सै घण्टा धारामा पानी आएपछि स्थानीयवासी निकै खुशी भएका छन् । ‘अहिले घरघरमा पानी पुगेपछि स्थानीयवासी व्यावसायिक तरकारी खेतीतर्फ अग्रसर भएका छन्, गाउँ छाडेकाहरु समेत गाउँमै फर्केर खेती गर्न थालेको देख्दा निक्कै खुसी लागेको स्थानीय शिक्षक राजु नेपालीको भनाइ छ । शिक्षक नेपालीका अनुसार अहिले प्रत्येकका घरमा हराभरा तरकारी बाली छ । कतिले त व्यावसायिक खेती गरेका छन भने कतिले परिवारकै लागि स्वस्थ तरकारी उत्पादन गर्न लागेका छन् ।
धरमघरकै ८७ वर्षका विष्णु बहादुर नेपाली धर्मघरको नाम पनि खानेपानीसंग जोडिएको स्मरण गर्नुहुन्छ । उहाँका अनुसार पैदल यात्रीलाई टाढाबाट पानी बोकेर ल्याएर बाटोबाटोमा माटोको घैलामा भरेर राखिदिने चलन रहेछ । पानीको अभाव हुने स्थानमा घैलामा पानी भरेर राख्ने मनकारी मान्छे बस्ने ठाउँ भएकाले धरमघर नामाकरण गरिएको कथा सुनाउँदै जीवनभर पानीको सास्ती भोग्नु परेको तीतो विगत सम्झनुहुन्छ । खानेपानी आयोजनाले स्थानीयको दैनिकी नै सहज बनाइदिएको छ । ‘खानेपानी आयोजना सञ्चालन भएपछि सबैभन्दा बढी गृहिणी महिलालाई राहत मिलेको छ’ उहाँले खुसी व्यक्त गर्दै भन्नुभयो ।
खानेपानीका लागि मुहान, कुँवा र धारामा जाँदा हुने समयको बचत,सरसफाइ लगायतले दैनिकी फेरिएको हो । स्थानीय रेखा कार्कीले शहरबाट गाउँ फर्केर अहिले भैसी पाल्नु भएको छ । बारीमा हिउँदे जै घाँस छ । बारीभरी हरिया सागसब्जीे छन् । तोरीबारी ढकमक्क भएको छ ।
घरमा होस या विद्यालयमा जतिवेलै पानीको सुविधा छ । हामीलाई सरसफाईका लागि कति सहज भएको छ । पहिले त निक्कै दुःख भोग्यौ नि ! बुढाभीमसेन माध्यमिक विद्यालय घरमघर कक्षा ९ की शुशिला नेपाली विगत सम्झदै भन्नुहुन्छ,“कहिले त पानीको पालो पर्खदै विहान जान्थ्यो । पानी पनि आउँदैनथ्यो । भोकै विद्यालय जानुपथ्र्यो । पानीकै कारण कपडा धुन र नुहाउन नपाएर कति दिन त विद्यालय पनि जाँदैनथ्यौ ।”
“पहिले सार्वजनिक धाराबाट छिमेकमा पालो लगाएर पाइपमा पानी ल्याएर उपभोग गरिएको थियो”, उहाँले भन्नुभयो “आँगनमै मिटर जोडेको धारा बनाएपछि आवश्यक परेको समयमा सहजै पानी प्रयोग गर्न पाएका छौँ ।” दुइ वर्ष अगाडिसम्म पानीको निक्कै समस्या थियो ।
भीमेश्वर वडा नं ५ डँगल्पुमा त झनै पानीको सास्ती कति भोग्नु प¥यो,स्थानीय ईश्वर कार्की विगत सम्झनु हुन्छ,“पानी लिन पल्लो गाउँ जिलु पुग्नुपथ्र्यो । एकजना त पानीकै लागि खटिनु पथ्र्यो,अहिले त निक्कै सुविधा भएको छ । वर्षभरी हरिया तरकारी र मौसमी फलफूल खान पनि सहज भएको छ । ”
भीमेश्वर नगरपालिका ५ अन्तरगत पर्ने धरमघर,किराँतीछाप,पैयूँश्वारा,पीपलबोट,पधेँली सबै क्षेत्रमा पानीको निक्कै सास्ती थियो । अहिले शहरीको पानीले जनजीवन निक्कै सहज भएको स्थानीयको भनाइ छ ।
चरिकोट शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रामकृष्ण केसीका अनुसार भीमेश्वर नगरपालिकाका ५ हजार ५१ घरधुरीमा खानेपानी सेवा पुगिसकेको छ । नगरपालिकाका वडा नं ३,६ का सबै घर धुरी र ४,५,६ र ७ का आँशिक घरधुरीमा सेवा पुगेको छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...