भर्खरै प्रकाशित: शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली दोलखा जिलु गाउँको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन

भीमेश्वर ५ ‘वडा अध्यक्ष कप’ को तयारी पूराःभोलिबाट खेल शुरु

1 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गर्न लागिएको वडाध्यक्ष कपको तयारी पूरा भएको छ । माग १ गतेबाट बुढाभीमसेन खेल मैदानमा आयोजना गर्न लागिएको ‘वडा अध्यक्ष कप’ दोश्रो जिल्लाव्यापी मावि स्तरीय छात्र फुटबल प्रतियोगिता २०८१ को तयारी पूरा भएको वडाध्यक्ष बासु श्रेष्ठले बताउनुभयो ।
सोमबार विहान ११ बजेबाट शुरु हुने खेलको उद्घाटन कार्यक्रम वागमती प्रदेश सभा सदस्य भरत बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिने कार्यक्रम तय भएको खेल संयोजक तथा भिजन युथ क्लबका अध्यक्ष रबि बस्नेतको भनाइ छ । वडाभित्रका विद्यालयका छात्राहरुको उद्घाटन खेल,स्वागत गीत तथा नृत्य र विद्यार्थीको मार्चपास लगायतका कार्यक्रम रहेका छन् । उद्घाटनपछि निर्धारित खेलका कार्यक्रम शुरु हुने आयोजकको भनाइ छ ।
गत बर्षबाट सुरु भएको ‘वडा अध्यक्ष कप’ मा यस वर्षपनि जिल्लाभरबाट २० समूह खेलमा सहभागी रहने खेल संयोजक संस्था बुढाभीमसेन युवा क्लवका अध्यक्ष राजु नेपालीले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४५ हजार, उत्कृष्ट खेलाडी २ हजार र सर्वाधिक गोलकर्तालाई २ हजार नगदसहित ट्रफी र मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।
आगामी बर्षदेखि छात्राहरुको लागि समेत प्रतियोगिता सञ्चालन गर्ने योजना रहेको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददाता

  नेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...

दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...

कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाता

  कालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

.