वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुललाई
4 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
विरोध तमाङ
भीमेश्वर नगरपालिका वडा नं ५ ले आयोजना गरेको वडाध्यक्ष कपको उपाधि द राइजिङ स्टार स्कुलले प्राप्त गरेको छ । माग १ गतेबाट बुढाभीमसेन खेल मैदानमा सञ्चालन गरिएको ‘वडा अध्यक्ष कप’ दोश्रो जिल्लाव्यापी मावि स्तरीय छात्र फुटबल प्रतियोगिता अन्तरगत आज सम्पन्न अन्तिम चरणको खेलमा द राइजिङ स्टार स्कुलले अल्पाइन पब्लिक स्कुल विरुद्ध पेनाल्टी सुट आउटमा ५/३ को जीत निकाल्न सफल भएको हो ।
माघ १ गते देखि ५ गते सम्म संचालित प्रतियोगितामा द राइजिङ स्टार स्कुल विजेता र अल्पाइन पब्लिक स्कुल उपविजेता भएका छन्। विजेता द राइजिङ स्टार स्कुल नगद रु ७५ हजार सहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्न सफल भएको छ । फाइनल खेलको म्यान अफ द म्याच द राइजिङ स्टार स्कुलका प्रज्वल बस्नेत घोषित भएका छन् भने प्रतियोगिताको उच्च गोलकर्ता द राइजिङ स्टार स्कुल कै दिनेश श्रेष्ठ चुनिएका छन्। त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडी अल्पाइन पब्लिक स्कुलका जेबल तामाङ घोषित भएका छन्। त्यसैगरी द राइजिङ स्टार स्कुलका प्रकृत राज कार्कीले उत्कृष्ट गोलरक्षक घोषित भएका छन्। विधागत उत्कृष्ट घोषणा भएका खेलाडीहरुले २ हजार नगदका दरले सम्मानित भएका छन्।
प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले खेलकुदले विद्यार्थीको समग्र विकासमा टेवा पुग्ने भन्दै स्वास्थका लागि खेल, पहिचानका लागि खेल र राष्ट्रका लागि खेल भन्ने धारणा व्यक्त गर्दै आयोजक भीनपा ५ लाई धन्यवाद व्यक्त गर्नुभएको थियो । । ५ दिन चलेको प्रतियोगिताको अध्यक्षता वडा नम्बर ५ का अध्यक्ष बासु श्रेष्ठले गर्नुभएको थियो । प्रतियोगिता भीनपा वडा नम्बर ५ को आयोजना र भीजन युथ क्लब र बुढाभिमसेन सिर्जनशील क्लबको सह आयोजनामा सम्पन्न भएको हो।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...