एमाले दोलखाको वडास्तरीय ३ महिने अभियान
4 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेकपा एमाले जिल्ला कमिटी दोलखाको पाचौँ बैठकले वडास्तरीय ३ महिने अभियान परिचालन गर्ने निर्णय गरेको छ । सोमबार पार्टी सचिवालयको दोस्रो वैठकले समृद्ध दोलखा, सुखी दोलखाली अभियानको कार्ययोजनालाई प्रभावकारी ढड्गले परिचालन गर्ने निर्णय गरेको हो ।
बैठकले पार्टीको केन्द्रले घोषणा गरेका तीन महिने वडा केन्द्रित अभियानमा केन्द्र, प्रदेश, जिल्ला र पालिकास्तरमा माघ महिनाभित्र पालिकाकाको बैठक सम्पन्न गरी वडा तहको कमिटी परिचालन गर्ने निर्णय गरेको नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले बताउनुभयो ।
नेकपा एमालेले सम्पन्न गरेको वैठकले मध्यपहाडी लोक मार्ग केन्द्रित समृद्धि यात्राको क्रममा र सर्वदलीय राजनीतिक नेतृत्वबाट सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी शर्मा ओली समक्ष पेश गरिएको मागहरुमध्ये चीन र भारत जोड्ने त्रिदेशीय उत्तर–दक्षिण लोकमार्ग (लामाबगर–भिट्टामोड)लाई राष्ट्रिय गौरवको योजनामा समावेश गरी बजेट विनियोजन गरेकोमा नेपाल सरकारलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
अभियानको क्रममा वडास्तरीय कामको कार्ययोजना निर्माण, टोल कमिटी गठन, सदस्यता नवीकरण र सदस्यता विस्तारको अभियान थालनी, समृद्धिको खाकाको तयारी, युवा पुस्तालाई संगठित गर्दै प्रशिक्षणका नवीतम विधिहरूबाट प्रशिक्षण सञ्चालन गरेर अभियान पूरा गर्ने छ ।
सचिवालय बैठकमा नेकपा एमाले दोलखा जिल्ला कमिटीको पाचौँ बैठकले पारित गरेको १९ बुँदे समृद्ध दोलखा विकासको अठोटलाई कार्यान्वयन गर्न पहल थाल्ने प्रतिबद्धतासमेत जारी गरेको नेकपा एमाले दोलखाले जनाएको छ ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा दोलखा जिल्ला इन्चार्ज पार्वत गुरूङको प्रमुख आतिथ्यता रहेको बैठकमा जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, बागमती प्रदेश कमिटीका सदस्यहरू र जिल्ला कमिटी सचिवालय सदस्यहरूले सुझाव दिएका थिए ।
शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताराष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...
क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाताविद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...
बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददातानेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...
दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददातादोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...
कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाताकालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...
दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ दोलखा स्पोर्टस फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...