भर्खरै प्रकाशित: शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली दोलखा जिलु गाउँको डोकोको कथा प्रेस चौतारी दोलखाको नयाँ नेतृत्व चयन, अध्यक्षमा घिमिरे शिक्षक भलिबल प्रतियोगिताको तयारी पूरा स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि  कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन

स्वर्ण महोत्सव मनाउँदै हिलेपानी संस्कृत मावि 

3 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका–४ लामिडाँडा स्थित हिलेपानी संस्कृत माध्यामिक विद्यालय स्वर्ण महोत्सवको तयारीमा जुटेको छ । विद्यालयले स्थापनाको ५० वर्ष पुरा गर्न लागेको अबसरमा बिभिन्न कार्यक्रमका साथ पाँच दिनसम्म स्वर्ण महोत्सव मनाउन लागेको हो । हामी सबैको ईच्छा ः गुणस्तरीय, व्यवहारिक र प्रविधियुक्त शिक्षा भन्ने नाराका साथ विद्यालयले स्वर्ण महोत्सवको तयारी गरिरहेको छ ।
यही माघ १७ देखि २१ गतेसम्म बिविध कार्यक्रमको आयोजना गरेर विद्यालयको स्वर्ण महोत्सव मनाउन लागिएको प्रधानाध्यापक भीमकुमार पाण्डेले जानकारी दिए ।
उनका अनुसार पहिलो दिन विविध साँस्कृतिक प्रस्तुतीहरुका साथ स्वर्ण महोत्सवको उद्घाटन हुनेछ । जिल्लाका संघीय सांसद गंगा कार्की ‘विश्व’ ले कार्यक्रमको उद्घाटन गर्नेछन् । दोस्रो दिन जिल्ला स्तरीय वतृत्वकला प्रतियोगिता, गाउँपालिका स्तरीय साँस्कृतिक नृत्य प्रतियोगिताको आयोजना गरिनेछ । त्यस्तै तेस्रो दिन गाउँपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता, चौथो दिन गाउँपालिका स्तरीय छात्र भलिबल प्रतियोगिता हुनेछ । पाँचौ दिन भलिबलको फाईनल खेल, सम्मान तथा पुरस्कार बितरणसँगै स्वर्ण महोत्सवको समापन गरिनेछ ।
सह–प्रधानाध्यापक डम्बरबहादुर थामीले सबै सरोकारवालाहरुको सहयोगमा विद्यालयले ५० औँ वर्ष पुरा गर्न लागेकोले शैक्षिक गुणस्तरलाई थप अभिबृद्धि गर्ने संकल्पका साथ स्वर्ण महोत्सव मनाउन लागिएको बताए । हिलेपानी माविमा अहिले विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा संकायमा अध्यापन हुँदै आएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिराज घिमिरेले समस्या, चुनौतीहरुका बाबजुत विद्यालयले स्वर्ण वर्ष पुरा गर्नु खुसीको विषय भएको बताउँदै शैक्षिक गुणस्तर बढाउने प्रयास जारी रहेको बताए ।
विद्यालयमा लामिडाँडा, लापिलाङ र बावरेका १७५ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् भने १९ जना शिक्षक÷कर्मचारी कार्यरत छन् । २०४८ सालदेखि एसएलसी परीक्षामा विद्यार्थी सामेल गराउँदै आएको यो विद्यालयले भौतिक पुर्वाधारको समस्या झेल्दै आएको छ । २४ सय वर्गमिटर क्षेत्रफलमा ८ कोठे र ६ कोठ पक्की भवन र ट्रस्टका दुई÷दुई कोठे ४ वटा भवनहरु छन् । साँघुरो क्षेत्रफल र भौतिक पुर्वाधार अभावका कारण विद्यालयले पठनपाठनमा समस्या झेल्दै आएको प्रअ पाण्डेले बताए ।
०३१ सालमा स्थापना भएको हिलेपानी संस्कृत मावि जिल्लाको पुरानो शैक्षिक संस्था मध्यको एक हो । यो विद्यालय जिल्लाको संस्कृत विषय अध्यापन गराउने एक मात्र शैक्षिक संस्थाको रुपमा स्थापित थियो । द्धन्द्धकालमा हटाईएको संस्कृत विषय हाल विद्यार्थी अभाव लगायतका कारण सुचारु हुन सकेको छैन ।
विद्यालयलाई सहयोग जुट्दै
स्वर्ण महोत्सवको अबसरमा विद्यालयको शैक्षिक उन्नयन लागि सहयोग प्रदान गर्न विद्यालयले सरोकारवालाहरुलाई आव्हान गरेको छ । जसअनुसार स्वर्ण महोत्वस सफल बनाउन आर्थिक सहयोग जुट्ने क्रम जारी छ । स्थानीय समाजसेवी, बुद्धिजीवी, शिक्षाप्रेमी, समाजसेवी र अभिभावकहरुले विद्यालयलाई खुलेर आर्थिक सहयोग गरिरहेका छन् ।
आर्थिक एवं भौतिक सहयोग गर्ने व्यक्तिहरुको नामावली हिलेपानी स्वर्ण स्मारिकामा प्रकाशन हुनेछ । दश हजार वा सो भन्दा बढी आर्थिक वा भौतिक सहयोग गर्ने व्यक्तित्वहरुको नामावली विद्यालयको स्वर्ण स्तम्भको शिलालेखमा उल्लेख हुने विद्यालयले जनाएको छ ।
हालसम्मका सहयोगी दाताहरुको नामावली ः
१. वडाअध्यक्ष दिपक खुलाल–१८,८८८÷–
२. पूर्वविद्यार्थी अम्बर खतिवडा–२०,०००÷–
३. पूर्वविद्यार्थी जगत खत्री–१०,०११÷–
४. पूर्वविद्यार्थी सन्तोष थापा–१०,१०५÷–
५. पूर्वविद्यार्थी सन्तोष कार्की–११,१११÷–
६. पूर्वविद्यार्थी चित्र बहादुर खड्का–११,५५५÷–
७. समाजसेवी लाल कुमार पाठक–११,६६६÷–
८. पूर्वविद्यार्थी ध्रुवराज कार्की र गोमा कार्की–१५,६७८.९०÷–
९. पूर्वविद्यार्थी यज्ञराज घिमिरे–१०,०००÷–
१०. पूर्वविद्यार्थी राजेन्द्र कार्की–१०,१११÷–
११. पूर्वविद्यार्थी सुदिप बस्नेत–३७,१०५÷–
१२. व्यवसायी विमल ओली–५,०००÷–
१३. पूर्वविद्यार्थी सन्तोष कार्की–५१,०००÷–

१४. पूर्वविद्यार्थी भगवती अधिकारी (खुशी)–१५,०००÷–
१५. पूर्वविद्यार्थी पण्डित सुशिल भण्डारी–११,१११÷–
१६. पूर्वविद्यार्थी चण्डिका घिमिरे पन्थी–११,१११÷–
१७. पूर्वविद्यार्थी इश्वर बस्नेत–११,१३६÷–
१८. पूर्वविद्यार्थी रुपेश थापा–११,१५८÷–
१९. विद्यालय व्यवस्थापन समिति अध्यक्ष, हरिराज भण्डारी–१५,५५५÷–
२०. हिलेपानी मावि प्रधानाध्यापक, भीमकुमार पाण्डे–२३,३३३ ÷–
२१. शिक्षक अभिभावक संघ अध्यक्ष, बुद्धि बहादुर बानिया–१०,१११÷–
२२. विव्यस सदस्य, टिकाराम न्यौपाने–१०,१११ ÷–
२३. नेपाली विषयका शिक्षक सुवास चन्द्र सेढाई–१५,५५५÷–
२४. शिक्षक राम कुमार केसी–१०,५०५÷–
२५. कार्यालय सहयोगी श्याम खत्री–५,१०५÷–
२६. सहायक प्रधानाध्यापक डम्बर बहादुर थामी–१५,५५५÷–

 

शिक्षक संगठन नगर समितिद्वारा जिल्ला समितिलाई सम्मान
10 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाता

  राष्ट्रिय शिक्षक सङ्गठन भीमेश्वर नगर समितिले नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति, दोलखालाई संस्थागत सम्मान कार्यक्रमको आयोजना गरेको...

क्याम्पसका विद्यार्थीलाई व्यवसायिक बनाउन वित्तीय संस्थासंग साझेदारी
समदृष्टि अनलाइन संवाददाता

  विद्यार्थीलाई रोजगार र व्यवसायमा जोड्न दोलखाका बैंक तथा वित्तीय संस्थाहरु सहमत भएका छन् । चरिकोटस्थित गौरीशङ्कर बहुमुखी क्याम्पस...

बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
समदृष्टि अनलाइन संवाददाता

  नेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा...

दोलखा जिलु गाउँको डोकोको कथा
समदृष्टि अनलाइन संवाददाता

  दोलखा जिलुका ७८ वर्षिया कृष्णबहादुर विश्वकर्मालाई यतिबेला डोको बुन्न भ्याइनभ्याई छ ।४० वर्षदेखि डोको बुनेर जिविकोपार्जन गदै आउभएका...

कालिञ्चोकका विभिन्न भूगोलमा साप्ताहिक भजन कृतन
समदृष्टि अनलाइन संवाददाता

  कालिञ्चोक गाउँपालिमा सुनखानीमा गठन भएको भजन समूहले वाणारसी धाममा सामुहिक भजनकृतनको आयोजना गरेको छ । श्रृङ्गेश्वर भजन समूह...

दोलखामा अन्तरपालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने
समदृष्टि अनलाइन संवाददाता

विरोध तमाङ दोलखा स्पोर्टस  फेलोसिपको आयोजनामा अन्तर पालिका स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । “रुपान्तरणका लागि रुपान्तरणवादी...

.