बुद्धिजीवी परिषद कालिञ्चोकको अध्यक्षमा ओली
1 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेपाल बुद्धिजीवी परिषद् कालिञ्चोकको अध्यक्षमा सुजन ओली चयन हुनुभएको छ । शनिबार कालिञ्चोक गाउँपालिका ८ कालिनाग मन्दिर परिसरमा आयोजित परिषदको प्रथम अधिवेशनले ओलीको अध्यक्षतामा २५ सदस्यीय समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सोमप्रकाश थामी,सचिव दिपक खड्का,उपसचिव सुवास सेढार्इँ,गीता शिवाकोटी र कोषाध्यक्षमा केशव शिवाकोटी चयन हुनुभएको छ । समितिका सदस्यहरुमा निर बहादुर बस्नेत,बालकृष्ण खड्का,बालकृष्ण थपलिया,मनोज नेपाली,रहमान थामी,दिनेश बुढाथोकी,सुन्दर पाण्डे,साङ्गे शेर्पा,अशोक,शिवाकोटी,हरि शिवाकोटी,बद्री नारायण खत्री र जमुना खुलाल चयन हुनुभएको हो । बाँकी ५ सदस्य समितिले मनोनित गर्ने छ ।
अधिवेशनको उद्घाटन नेकपा (एमाले) केन्द्रिय परिषद सदस्य डबल पाण्डेले गर्नु भएको थियो । कार्यक्रम उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पाण्डेले सामुदायिक विकासका लागि रचनात्मक भूमिका निर्वाह गर्न बुद्धिजीवीलाई आग्रह गर्नुभयो । समाजको विकास र समुन्नतिका लागि बुद्धिजीवीहरुको अनुभव र क्षमता जतिसक्दो धेरै प्रयोग गर्ने विषयमा जोड दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले दोलखाका उपसचिव हरि ओलीले समुन्नत समाज निर्माणका लागि बुद्धिजीवीहरुको सिर्जनशीलता, अनुभव र क्षमतालाई क्रियाशील तुल्याउन अनुरोध गर्नभयो । कार्यक्रम नेकपा एमाले लेखा समिति संयोजक ईश्वरी प्रसाद दहाल, नेकपा एमाले जिल्ला कमिटि सदस्य गणेश शिवाकोटी,मानव अधिकारकर्मी एवम नेकपा एमाले नेता होम प्रसाद पाठक,बुद्धिजीवी परिषद कालिञ्चोक गाउँपालिकाका पूर्व सचिव सुन्दर खड्का लगायतले नवनिर्वाचित गाउँपालिका समितिलाई बधाई तथा शुभ कामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल बुद्धिजीवी परिषद जिल्ला समितिले जिल्लाका ६ पालिकामा बुद्धिजीवी परिषद गठन गरिसकेको छ भने बाँकी पालिकामा यही साता परिषद गठन गरिसक्ने योजना रहेको नेपाल बुद्धिजीवी परिषद जिल्ला अध्यक्ष शुभ शेर्पाको भनाइ छ ।
राउत गाउँको रायोको साग
9 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददातात्यो बेला,चालिसको दशक, गाउँभर मान्छेहरु भरिभराउ हुन्थे । गाउँका घरमा कम्तिमा पनि ५/६ जनाको परिवार हुन्थ्यो । हाम्रो...
अब त सच्चिने कि !
समदृष्टि अनलाइन संवाददाताविरोध तमाङ कहिलेकाहीँ अनायसै भीड सिर्जना हुन्छ । भीड भनेको मानिसहरुको झुन्ड वा भेला हो । भीडको कुनै...
साँस्कृतिक एकताको लागि सुनखानीमा तीज गीत प्रतियोगिता
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा सुनखानीको कालिनाग मन्दिर परिसरमा हरितालिका तीज विशेष गायन प्रतियोगिताको आयोजना गरिएको छ ।...
सम्झनामा बाल्यकालको तीज
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी मलाई तीजका बाल्यकालका सम्झना आज पनि स्मरणमा आइरहन्छन् । जताततै हरियाली मौसम,आँगनका डिलहरुमा अलिअलि लेउ लाग्दै...
अनेमसंघ दोलखाको अन्तरसंवादसहितको तीज विशेष कार्यक्रम
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरूको महान पर्व हरितालिका तीज २०८१ को अवसरमा अखिल नेपाल महिला संघ दोलखाले अन्तरसंवादसंगै तीज विशेष कार्यक्रमका आयोजना...
तीज पर्वको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण
समदृष्टि अनलाइन संवाददातानेपाली महिलाहरुको महान पर्व हरितालिका तीज पर्वकोे अवसरमा नेपाल राष्ट्रिय शिक्षक संगठन महिला विभागले बालबालिकालाई शैक्षिक सामग्री वितरण...