९ बुँदे घोषणापत्रसहित सितली कार्यशाला सम्पन्न
3 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
नेकपा एमाले दोलखाको ९ बुँदे घोषणापत्र सहित २ दिने सितली कार्यशाला सम्पन्न भएको छ ।
टोल र जनताका घरसम्म नेता र कार्यकर्ता परिचालन गर्ने तीन महिने जरा केन्द्रित अभियान अन्तरगत मेलुङको सितलीमा २ दिने कार्यशाला आयोजना गरिएको नेकपा एमाले दोलखाले जनाएको छ ।
कार्यशालाले जिल्लाका सबै वडामा फोकल पर्सन तयार पार्ने काम गरेको छ भने गरेको छ भने वडा केन्द्रित अभियानको लागि टिम गठन मापदण्ड तयार गरेको छ । वडा केन्द्रित जरा अभियान संचालनको लागि विधि, प्रक्रिया र नमूना गतिविधिहरुको पहिचान र अभियान प्रारम्भ मितिसमेत तयार गरेको छ ।
नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यशालामा जिल्ला इन्चार्ज पार्बत गुरुङ, प्रदेश सभा सदस्य भरत के.सी.,केन्द्रिय सल्लाहकार परिषद सदस्य डबल पाण्डे लगायतले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा दोलखाका सबै पालिका कमिटि,निर्वाचित अध्यक्ष,उपाध्यक्ष,पालिका इन्चार्ज,जिल्ला कमिटि सचिवालाय,जिल्ला कमिटीका पदाधिकारीको उपस्थिति रहेको मेलुङ गाउँपालिका कमिटिले जनाएको छ । नेकपा एमाले मेलुङ गाउँपालिका कमिटिको आयोजनामा कार्यक्रम आयोजना गरिएको हो ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...