भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

सहकारी सञ्जाल कालिञ्चोकद्वारा प्रधानमन्त्री विपद् व्यवस्थापन कोषमा सहयोग

2 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

दोलखाको कालिञ्चोक गाउँपालिकामा गठन भएको सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोष उद्धार कोषमा २ लाख ६ हजार ५ सय ४६ रुपैँयाँको रकम प्रदान गरेको छ ।
सहकारी सञ्जालले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी दोलखाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल मार्फत गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण घरबार विहीन र बाढी पीडितहरुको पुनस्थापनाको लागि सहयोग स्वरुप २ लाख ६ हजार ५ सय ४६ रुपैँयाँको चेक हस्तान्तरण गरिएको सहकारी संञ्जाल कालिञ्चोकका अध्यक्ष प्रेमलाल शिवाकोटीले जानकारी दिनु भयो । अध्यक्ष शिवाकोटीका अनुसार पालिकामा रहेका सहकारी मध्ये आनन्ददायक सहकारीबाट ८६ हजार २ सय रुपैयाँ, शिव शक्ति बचत तथा ऋण सहकारीबाट ३६ हजार ७ सय रुपैयाँ, कालिनाग बचत तथा ऋण सहकारीबाट ३४ हजार ५ सय ४५ रुपैयाँ, निलकमल कृषि सहकारीबाट २० हजार रुपैयाँ, गुमु हिलेपानी बहुदेश्यीय सहकारीबाट १० हजार १ सय १ रुपैयाँ, जनता बचत तथा ऋण सहकारीबाट ९ हजार ७ सय रुपैयाँ,चमत्कार कृषि सहकारीबाट ५ हजार ३ सय रुपैयाँ र जनचाहाना सहकारी संस्थाबाट प्राप्त ४ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।
सहकारी सञ्जाल कालिञ्चोकको आहवानमा कालिञ्चोक गाउँपालिका भित्र सञ्चालित सहकारीका शेयर सदस्यहरुले प्राप्त गरेको व्याजबाट प्राप्त भएको रकम कोषमा जम्मा हुनेगरी संञ्जालका प्रदाधिकारीले प्रमुख जिल्ला अधिकारी गेलाल मार्फत कोषमा रकम हस्तान्तरण गरिएको हो ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.