भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

भूतपूर्व सैनिक तथा प्रहरी संगठनको अध्यक्षमा देवेन्द्र महत

1 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

नेकपा एमाले निकट नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन दोलखाको अध्यक्षमा पुनः देवेन्द्र महत सर्वसम्मत चयन हुनुभएको छ ।
बुधबार चरिकोटमा सम्पन्न संगठनको दोश्रो जिल्ला अधिवेशनले महतको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा रघुनाथ कार्की, सचिव केदार कार्की, उपसचिवमा पुष्कर शिवाकोटी र कमल बुढाथोकी तथा कोषाध्यक्षमा राम बहादुर खड्का सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई बर्षको हुनेछ । नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनको जिल्ला सम्मेलनबाट नेतृत्व चयन भएका हुन् ।
नेकपा एमालेको २३ वटा जनसंगठनहरु रहेका छन् । ती मध्ये एक ‘नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठन’ हो । यस संगठनको दोस्रो जिल्ला सम्मेलन २०८१ फागुन २८ गते दोलखाको सदरमुकाम चरिकोटमा भव्य समारोह विच सम्पन्न भएको छ । ९ वटै स्थानीय तहबाट प्रतिनिधित्व रहेको यस भेलाबाट देवेन्द्र महतको अध्यक्षतामा ३१ सदस्यीय दोलखा जिल्ला कमिटी चयन भएको छ । उपाध्यक्षमा रघुनाथ कार्की, सचिवमा केदार कार्की, उपसचिव कमल वुढाथोकी र पुष्कर शिवाकोटी चयन हुनु भएको छ । त्यसै गरी कोषाध्यक्षमा राम वहादुर खड्काले जिम्मेवारी पाउनु भएको छ ।
यस सम्मेलनको उद्घाटन संगठनका केन्द्रीय अध्यक्ष नेपाली सेनाका पूर्व जर्नेल विनोद पाण्डेले गर्नु भएको थियो । समारोहमा नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं संगठनका इञ्चार्ज खेममान खड्काले सम्वोधन गर्नु भएको थियो । बागमती प्रदेश माननिय सांसद भरत वहादुर केसी, नेकपा एमाले दोलखा जिल्ला कमिटीका अध्यक्ष नर वहादुर श्रेष्ठ, संगठनका केन्द्रीय उपमहासचिव मदन केसी, वाग्मती प्रदेश अध्यक्ष श्रीकृष्ण पाण्डे, बाग्मती प्रदेश कमिटीमा पूर्व अध्यक्ष केदार देवकोटा लगायतका नेताहरुले सम्वोधन गर्नु भएको थियो ।

लोकतन्त्र र राष्ट्र प्रेम घरघरमा पु¥याउने यस संगठनको महत्व माथि छलफल गरिएको थियो । यो संगठनको जरा घरघरमा पुगेको छ । भुतपूर्व सुरक्षाकर्मी भनेका प्रशिक्षित, इमान्दारीता, चेनअफ कमाण्डमा चल्ने भएकोले सशक्त संगठन भएको चर्चा भएको थियो । संगठनका सदस्यहरु भएको सिप, साधान स्रोतलाई आफ्नो भुगोलको समृद्धिमा केन्द्रीत गर्न आग्रह गरिएको थियो । अनुभवी, आर्थिक रुपमा चलायमान, पेशा व्यवसायमा चासो राख्ने वर्गको रुपमा चित्रण गरिएको थियो । बसाई सरी अन्यत्र जाने माहौल तयार भैरहेको अवस्थामा ग्रामिण तहमा नैं वसेर स्थानीय अर्थतन्त्र निर्माणमा योगदान गरेको प्रति नेकपा एमालेका नेताहरुले यस संगठनका आवद्धका सवैलाई धन्यवाद ज्ञापन गरिएको थियो ।

सम्मेलनमा ७० बर्ष नाघेको संगठनका सदस्यहरु प्रमाण पत्र र दोसल्लाबाट सम्मान गरिएको थियो । त्यसै गरी संगठनका सदस्य भैं जनप्रतिनिधिको भूमिकामा रहेकाहरुलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तिहरु मध्ये ९१ वर्षिय पदम वहादुर तमाङ्गको अनुभुती स्मरण योग्य थियो । ‘सुरु जागिर खाँदा १३ रुपैया तलब थियो । त्यस मध्ये सञ्चय कोष कट्टा गर्दा रु ११ मात्र हाता पर्दथ्यो । २५ बर्ष ७ महिना जागिर खाएर २०३६ सालमा अवकास लिँदा १ सय ६४ रुपैया पेन्सन आउँथ्यो । अहिले वढेर २६ हजार पुगेको’ वताउनु भयो । सम्मेलनमा भूतपुर्वहरुको समस्याका बारेमा समेत चर्चा भयो । समाधानको उपाय समेत पहिचान भयो । ती सवाल सम्वोधनकालागि नयाँ नेतृत्वले भूमिका खेल्ने योजना तर्जुमा गरी कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जाहेर भएको छ ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.