प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
2 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता
प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर महत सर्वसम्मत रुपमा निर्वाचित हुनुभएको छ ।
बुधबार चरिकोटमा सम्पन्न पाँचौं जिल्ला भेलाले महतको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको निवर्तमान अध्यक्ष सुन्दर खड्काले जानकारी दिनुभयो । समितिको सचिव थप गर्नेगरी नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष समिरा बस्नेत, सहसचिव रोशन योगी, कोषाध्यक्ष नविन पोखरेल रहनुभएको छ ।
त्यसैगरी सदस्यहरु विमल खड्का, जीवन शर्मा, विरसम श्रेष्ठ, याङ्डोमा शेर्पा, इन्दिरा थामी, निलिशा थापा र लक्ष्मी शिवभक्ती रहनुभएको छ । कार्यसमितिको कार्यकाल तीन बर्षको हुनेछ ।
सङ्घका जिल्ला अध्यक्ष सुन्दर खड्काको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा प्रगतिशील लेखक सङ्घ नेपालका केन्द्रीय सचिवालय सदस्य तथा बागमती प्रदेश इन्चार्ज डाक्टर कृष्ण सुवेदी, भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, सङ्घका बागमती प्रदेश अध्यक्ष हरि प्रसाद सिलवाल, केन्द्रीय सचिवालय सदस्य दिनेश दुलाल, कार्यसमिति सदस्य विनिता शिवाकोटी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ ।
गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम
सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना
जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न
गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न
गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध
प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाताप्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...
गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददातादोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...
स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददातानिर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...
शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाताशैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...
गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाताबाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...
नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददातानेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...