भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न

2 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

उच्च शिक्षाको अग्रणी संस्था गौरीङ्कर बहुमुखी क्याम्पस दोलखाले ४४ औ वार्षिक दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।
वागमती प्रदेश सभा सदस्य भरत बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसीले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने सक्षम नागरिक उत्पादन गर्न गुणस्तर शिक्षामा जोड दिन सुझाव दिनुभयो । भविष्य बनाउने राम्रो अवसर जिल्लामै भएकाले गम्भीरताका साथ लिन विद्यार्थीहरुलाई सुझाव दिनुभयो । उहाँले प्रदेशको तर्फबाट सकेको सहयोग गर्ने समेत विश्वास दिलाउनु भयो ।
दोलखाकै पहिलो र अग्रणी क्याम्पसको रुपमा परिचित क्याम्पसले पछिल्लो समय भौतिक,आर्थिक र शैक्षिक रुपमा प्रगति गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउतले बताउनु भयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउतकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका पार्टी सभापति वर्मा लामाले क्याम्पसको उन्नयनका लागि आफू सधैँ सकारात्मक भएर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठले विद्यार्थीलाई विषयमा उत्कृष्टता हासिल गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नर बहादुर पाख्रिन,राप्रपा जिल्ला सदस्य पाण्डव सिंह पाण्डे,प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल, क्याम्पसका पूर्व क्याम्पस प्रमुख,क्याम्पस स्ववियू सभापति सिरिष बस्नेत,पूर्व विद्यार्थी समाजका अध्यक्ष राम बहादुर श्रेष्ठले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।


कार्यक्रममा क्याम्पस प्रमुख शान्त बहादुर केसीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक,भौतिक ,आथिक सामाजिक उपलब्धी र आगामी कार्यक्रमका विषयमा समेत जानकारी गराउनुभएको थियो । । कार्यक्रमको अवसरमा उत्कृष्ट बर्ष प्राध्यापकको रुपमा रत्न बहादुर श्रेष्ठ, उत्कृष्ट कर्मचारी सुनिना श्रेष्ठ र उत्कृष्ट विद्यार्थी रुपमा विरसम श्रेष्ठलाई सम्मानसहित नगद पुरस्कारले पुरस्कृत गरेको क्याम्पसले जनाएको छ ।
क्याम्पस दिवसको अवसरमा आयोजित विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी,स्नातक तह र कक्षा ११ मा सर्वोत्कृष्ट विद्यार्थी र विभिन्न छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।


कार्यक्रममा क्याम्पसका विद्यार्थीले दोलखाको संस्कृति झल्कने विभिन्न मौलिक नृत्यसंगै विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।
जिल्लाका बौद्धिक एवम समाजसेवीको योगदान,सहयोग र सद्भावबाट वि.स. २०३८ साल चैत्र १५ गते शुभारम्भ भएको क्याम्पसले ४४ औ वार्षिक उत्सव सम्पन्न गरेको क्याम्पसले जनाएको छ ।

 

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.