भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न

2 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

भक्तपुर–सूर्यविनायक ३ नयाँ बस्तीको जुरिच किन्डर गार्डेनले शनिवार वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गरेको छ । विद्यालय स्थापना भएको आठौँ वार्षिक उत्सवको अवसरमा भएको कार्यक्रममा १३ जना विद्यार्थीहरुलाई दीक्षित गरिएको हो ।
विद्यालयले सुलभ शुल्कमा गुणस्तर सुविधा र संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको प्रिन्सिपल अमृत राउतले बताउनुभयो । “सस्तो शुल्कमा महङ्गो विद्यालयको सुविधा दिएका छौ । ”पिन्सिपल राउतले भन्नुभयो ।

भक्तपुर स्थित अक्षरा स्कुलका संस्थापक प्रमुख कार्यकारी अधिकृत अन्जु भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व मन्त्री एवम जुरिच स्कुलका अभिभावक लक्ष्मण लम्साल,संविधान सभा सदस्य केदार सञ्जेल, तथा एसओएस हर्मन माईनर स्कुल सानो ठिमीका पूर्व प्राचार्य शङकर प्रसाद पौडेल, सूर्यविनायक नगरपालिका ३ का वडा सदस्य घनश्याम भट्टराई, अभिभावक गीता श्रेष्ठ, ब्राह्मण टोल सुधार समिति अध्यक्ष मीना कार्की, सिभिएम स्कुलका अध्यक्ष श्यामसुन्दर बस्नेत, पण्डित रामप्रसाद सुवेदीले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको अवशरमा विद्यालयले उत्कृष्ट काम गर्ने शिक्षक, कर्मचारीलाई सम्मान गरेको छ
७ जना विद्यार्थीबाट शुरु गरिएको विद्यालयमा आठौँ स्थापना दिवससम्म आइपुग्दा ८७ जना विद्यार्थी रहेको विद्यालयले जनाएको छ । दोलखाको जिरीलाई स्वीजरल्याण्डको जुरिचको नामले चिनिने भएकाले त्यही नामबाट विद्यालय सुरु गरिएको प्रिन्सिपल राउतको भनाइ छ ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.