भर्खरै प्रकाशित: गौरीशङ्कर क्याम्पसमा विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना जुरिच किन्डर गार्डेनको वार्षिक दिवस तथा दीक्षान्त समारोह सम्पन्न गौरीङ्कर बहुमुखी क्याम्पसको ४४ औ वार्षिक दिवस सम्पन्न गौरीशङ्कर क्याम्पसमा स्ववियू निर्वाचन सर्वसम्मतःअनेरास्ववियूका सिरिष बस्नेत अध्यक्षमा निर्विरोध प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत गौरीशङ्कर सहकारीमार्फत जेष्ठ नागरिक सहयोगी सामग्री हस्तान्तरण राउत गाउँको रायोको साग

सुन्द्रावतीमा डम्बर स्मृति अक्षयकोष स्थापना

1 हप्ता अगाडि | समदृष्टि अनलाइन संवाददाता

 

दीपज्योति समाज सुधार संस्था, दोलखाका संस्थापक अध्यक्ष एवम् समाजसेवी स्व डम्बर प्रसाद सेडाइँंको स्मृतिमा समाजसेवा अक्षय कोषको स्थापना गरिएको छ ।

स्व डम्बर प्रसाद सेडाइँंको वार्षिक पुण्य तिथिको सन्दर्भमा २ लाख राशीको कोषको स्थापना गर्ने उद्देश्य रहेको दीपज्योति समाजसुधार संस्था सुन्द्रावतीका अध्यक्ष केशव प्रसाद सेडाइँले बताउनुभयो ।
कालिञ्चोक गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष रामप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न श्रद्धान्जली सभा एवम स्मृति कोष स्थापना कार्यक्रममा विभिन्न व्यक्तिहरुले स्वर्गीय सेडाइँंको समाजिक योगदानको चर्चा गर्नुभएको थियो ।


स्व डम्बर प्रसाद सेडाईको समृतिमा परिवारजन आफन्त एवम् शुभ चिन्तकको सहयोगबाट अक्षय कोषको स्थापना गरिएको संस्थाका कोषाध्यक्ष उमेश रोकायााले बताउनुभयो । कोषाध्यक्ष रोकायाकाअनुसार कोषलाई मुद्धती खातामा राखी आएको व्याज रकमको ८० प्रतिशत रकम सामाजिक क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान गर्ने र बाँकी २० प्रतिशत रकम मुल कोषमा थप गर्दे लगिने छ । उक्त योजनाका लागि लागि कार्यविधिसमेत पारित भइसकेको छ ।
दीपज्योति समाज सुधार संस्थाका कोषाध्यक्ष उमेश रोकायाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका पदाधिकारी,स्थानीय बासिन्दा,आफन्त तथा शुभचिन्तक र शुभेच्छुकहरुको बाक्लो सहभागिता रहेको थियो ।

प्रगतिशील लेखक संघ दोलखाको अध्यक्षमा तारा विएम सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

  प्रगतिवादी विचारधाराका लेखक तथा साहित्यकारहरुको साझा सङ्गठन प्रगतिशील लेखक सङ्घ नेपाल दोलखाको अध्यक्षमा पत्रकार तथा लेखक तारा बहादुर...

गौरीशंङ्कर उप–निर्वाचनमा चुनावी माहोल बढ्दै
समदृष्टि अनलाइन संवाददाता

दोलखाको गौरीशंङ्कर गाउँपालिकामा यहि मंसिर १६ गते हुने उप निर्वाचनको लागि चुनावी माहोल तातेको छ । राजनैतिक दलहरु उम्मेदवार...

स्थानीय तहका रिक्त पदको उपनिर्वाचन मंसिरमा गर्ने तयारी
समदृष्टि अनलाइन संवाददाता

निर्वाचन आयोगले स्थानीय तहका ३४ रिक्त पदको उपनिर्वाचन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त...

शैक्षिक सुधारमा लगानी बृद्धिको मागसहित शिक्षक संगठनको ज्ञापनपत्र
समदृष्टि अनलाइन संवाददाता

शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि शिक्षामा लगानी बृद्धि गर्नुपर्ने लगायतका माग राख्दै नेपाल राष्ट्रिय शिक्षक सङ्गठन दोलखाले भीमेश्वर नगरपालिकामा ज्ञापन...

गौरीशङ्कर क्याम्पसमा मन्त्री काफ्लेको स्वागत
समदृष्टि अनलाइन संवाददाता

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेलाई गौरीशङ्कर क्याम्पस दोलखाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।...

नेकपा एकीकृत समाजवादी दोलखाको अध्यक्षमा भीम प्रसाद दहाल सर्वसम्मत
समदृष्टि अनलाइन संवाददाता

नेकपा एकीकृत समाजवादी दोलखाको दशौ अधिवेशनबाट भीमप्रसाद दहालको अध्यक्षतामा जिल्ला संगठन कमिटि सर्वसम्मत भएको छ । समितिको उपाध्यक्षमा अशोक...

.