निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
6 दिन अगाडि | समदृष्टि अनलाइन संवाददाता
शान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको पारीवारिक,सामाजिक तथा मनोवैज्ञानिक असरका विषयवस्तुलाई आधार बनाएर तयार पारिएको सामाजिक परिवेशमा केन्द्रित उपन्यास शनिबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
उक्त उपन्यासको विमोचन संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डेले गर्नु भएको थियो । जीवनका वास्तविक भोगाइ नै उपन्यासको विषयवस्तुको आधार बनाइएको सर्जक निहारिकाको भनाइ छ । सर्जक लामो समय महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै अहिले पनि सामाजिक क्षेत्रमा क्रियाशील रहनुभएको छ । पछिल्लो समय गजल तथा कविता विधामा आफूलाई स्थापित गर्दै आउनु भएकी स्रष्टा निहारिकाको ““चट्याङको मूर्च्छना”“ पहिलो कृति हो ।
गायक तथा संगीतकार प्रदीप देवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपन्यासको विमोचनसंगै साँझा चौतारीले आयोजना गरेको टिकटक लाईभ कार्यक्रमका उत्कृष्ट प्रस्तोतालाई पुरस्कार वितरण गरिएको थियो । पुरस्कृत हुनेहरुमा सानु लामा प्रथम,सुमी जिम्बा ट्ठितीय, नेमो प्रधान तृतीय र अशोक लामा तथा अनु न्यौपाने सान्त्वना रहनुभएको थियो ।
दीपश्री क्रिएटिभ मिडियाको प्रकाशन रहेको उपन्यास तयार पार्न भूमिका निर्वाह गर्नुहुने सम्पादक शिव शर्मा, डिजाईनर तथा मुद्रणमा सहयोग गर्ने विनोद विम्वित, भिजन तथा व्यवस्थापन आँचल कुमार शर्मालाई सम्मान गरिएको थियो ।
पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डे, साहित्यकार घनेन्द्र ओझा, डा. रेणुका सोलु, विश्व कृतिमानी संगीतकार सन्तोष श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।
कार्यक्रममा पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्व मुख्य सचिव डाक्टर भोजराज घिमिरे, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, साहित्यकार घनेन्द्र ओझा, डा. रेणुका सोलु, विश्व कृतिमानी संगीतकार सन्तोष श्रेष्ठ, पत्रकार रोहित भण्डारी लगायत वरिष्ठ साहित्यकार,संगीतकार,गायक,कलाकार,पत्रकार,साहित्यानुरागीहरुको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रमको अवशरमा प्रकाशक दीप श्री क्रिएटिभ मिडियाको तर्फबाट कृतिकारलाई कृतिको उच्च कदर गर्दै सम्मान प्रधान गरिएको आयोजकले जनाएको छ ।
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२बाट टेक जिरेल पुरस्कृत
11 घण्टा अगाडि समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी /दोलखा । भानु–विद्यापति साहित्यिक पुरस्कार–२०८२ बाट साहित्यकार टेक बहादुर जिरेल पुरस्कृत हुनुभएको छ । आदिकवि भानुभक्त आचार्यको...
मेरी फुपू,सबैकी फुपू
समदृष्टि अनलाइन संवाददाताविनिता शिवाकोटी आफ्नो बुबाको दिदी वा बहिनीलाई फुपू भन्ने गरिन्छ । मेरो लेखाइको पात्र फुपू बुबाको पनि फुपू पर्नुहुन्थ्यो...
निहारिकाको “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण
समदृष्टि अनलाइन संवाददाताशान्ति निहारिकाद्वारा लिखित “चट्याङको मूर्च्छना” उपन्यास लोकार्पण गरिएको छ । नेपाली नारीहरुले समाजमा भोग्ने उत्पीडन र यसले पारिरहेको...
सामाजिक काममा व्यस्त मुना २०८४ मा वडा अध्यक्षको तयारी गदै
समदृष्टि अनलाइन संवाददातामन्दिरा थापा भिमेश्वर नगरपालिका वडा नम्बर २ की वडा सदस्य मुना श्रेष्ठलाई घरको काम सकेर वडा कार्यलय पुग्न हतारो...
मिनी ग्रेटवाल हेर्नकै लागी शैलुङ पुग्छन पर्यटक
समदृष्टि अनलाइन संवाददातापर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको दोलखा शैलङुको मिनी ग्रेटवाल घुम्न जानेको संख्या वृद्धि हुँदै गएको छ। शैलुङमा निर्माण...